News Category 2080/12/07
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले मुलुकको परिस्थितीलाई हेरेर काँग्रेस र एमाले जस्ता ठूला दल एकसाथ मिलेर मुलुक समृद्धिका लागी अघि बढ्नु आजको आवश्यक्ता रहेको बताएकी छिन् ।
नेपाल प्रेस युृनियन सप्तरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताइएकी हुन् । उनले दुबै ठूला दल मुलुकमा स्थिरता र सुशासनका लागी पनि मिलेर अघि बढ्नु पर्ने जिकिर गरिन् ।
माओवादीबाट नेपाली काँग्रेस र एमाले दुबैले पटक÷पटक धोखा खाएको भन्दै यी दुबै पार्टीको सरकार बन्ने प्रबल सम्भावना रहेको समेत बताएकी छिन् ।
माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएर जनताप्रति बेइमानी गरेको आरोप लगाउँदै उनले यही वास्तिविक्ता बुझेर संसदमा ठूला दल हुदाँ हुदै पनि काँग्रेस प्रमुख प्रतिपक्षमा बसेको प्रष्ट पारिन ।
“काँग्रेस सुशासनको पक्षमा छ, उनले भनिन, वर्तमान गृहमन्त्री रवी लामिछानेले पनि राजिनामा दिएर सुशासनको मार्ग फराकिलो गर्नु आवश्यक छ ।”
महिला नेतृ संग्रौलाले गृहमन्त्री लामिछाने माथी सहकारीको पैसा हिनामिना गरेको आरोप लागी रहदा पदमा बसिरहनु उपयुक्त नरहेको भन्दै हालै पोखरामा प्रधानमन्त्री प्रचण्डलाई समेत सहकारी पीडितहरुले यसबारे ज्ञापन पत्र बुझाएका कारण पनि छानवीन गर्ने ब्यक्ती माथी नै आरोप लागेकोले पदमा बसिरहन नमिल्ने जिकिर गरिन ।
विगतमा एमालेले पनि माँग गरेको छानवीन समिति गठन पछि ठूला ठुला भ्रष्टाचारमा संलग्न ब्यक्ती पक्राउ परेको स्मरण गराउँदै उनले अहिले काँग्रेसले पनि त्यस्तै छानवीन समिति गठनका लागी संसदमा माँग गरिरहेको र यसकमा कसैले पनि विरोध जनाउन न हुने बताईन ।
प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसकी केन्द्रिय सदस्य मन्जु यादव, सप्तरी जिल्ला सभापती रामदेव साह, सचिव सनत मण्डल लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ