News Category 2080/12/08
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेसको नाममा राजनीति गर्ने मधेसवादी दलहरूले मधेसी जनताका लागि कुनै महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाएका छन् ।
सप्तरीको बोदे बरसाईनमा बिहिवार भएको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
उनले मुलुकमा संघीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट धेरै नेताहरू मन्त्री भए पनि जनताले उनीहरुबाट कुनै सुविधा नपाएको टिप्पणी पनि गरे । मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय पाएको उल्लेख गर्दै उनले जनताको पक्षमा केही नगरेकोले अब जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने तर्क दिए ।
‘अब नेपाली जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा छैन, सबै राजनीतिक शक्तिहरू जनताको .नजरमा असफल भइसकेका छन्’ लिङ्देनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलहरू पतनको बाटोमा रहेको हुँदा उनीहरुले अन्तिम भोज जसरी भ्रष्टाचार गरिरहेको छन् ।’
अध्यक्ष लिङ्देनले आगामी २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेशबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताए ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको अवस्था बदल्न अहिलेको व्यवस्था नै परिवर्तन गर्नुपर्ने टिप्पणी गरे । उनले देशमा संघीय गणतन्त्र आएपछि वैदेशिक हस्तक्षेप र भ्रष्टाचार पनि बढेको दाबी गरेका छन् ।
सोही कार्यक्रममा अर्का बरिष्ठ उपाध्यक्ष बुद्धिमान तमाङले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको भन्दै प्रदेश सरकारको कुनै काम नभएको बताएका छन् ।
राप्रपाका सप्तरी जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहको अध्यक्षतामा भएको आम सभालाई महामन्त्री धबल शम्मशेर राना, सहमहामन्त्री मोहन यादब र मधेस प्रदेश संयोजक रामप्रताप साहले सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ