News Category 2080/12/10
बंश वृद्धिका लागि आरक्ष क्षेत्रमा छाडिए भाले गैंडा
राजविराज÷सप्तरीको कंचनरूप नगरपालिका वडा ५ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा भाले गैंडा छाडिएको छ । शनिबार चितवनबाट ल्याइएको मेघौली भाले गैंडा छाडिएको हो ।
उक्त सेक्टरमा वन तथा वातावरण मन्त्री नवलकिशोर साहको उपस्थितिमा गैंडा छाडिएको हो । यसअघि असोज १० गते उक्त सेक्टरमा दुई वटा पोथी गैंडा छाडिएको थियोे ।
चितवनबाटै पुष्पा र अन्जली नामका दुई पोथी गैंडा ल्याइएको ६ महिनापछि भाले गैंडा ल्याइएको कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रमेश यादवले जानकारी दिएका छन् ।
उनका अनुसार बंश विस्तार गर्ने योजनाका साथ गैंडा ल्याइएको हो । ल्याइएको भाले गैंडा ९ बर्षका छन् भने तौल साढे ३ टन रहेको छ ।
गैंडा छोड्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले पोथी र भाले दुबै ल्याइएपछि गैंडाको बंश वृद्धि हुने विश्वास व्यक्त गरे । उनले गैंडाको बंश वृद्धि भएपछि कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकीय क्षेत्रमा थप बल पुग्ने बताए ।
वन क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै साहले वन्यजन्तुको संरक्षणप्रति सबैले ध्यान दिनुपर्ने बताए ।
वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर दीपक बरालले मन्त्रालयले वनको संरक्षण, प्रवद्र्धन र विकासका लागि विभिन्न योजना ल्याएको जानकारी गराए । उनले वन क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सरकार अघि बढिसकेको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ