News Category 2080/12/10
बंश वृद्धिका लागि आरक्ष क्षेत्रमा छाडिए भाले गैंडा
राजविराज÷सप्तरीको कंचनरूप नगरपालिका वडा ५ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा भाले गैंडा छाडिएको छ । शनिबार चितवनबाट ल्याइएको मेघौली भाले गैंडा छाडिएको हो ।
उक्त सेक्टरमा वन तथा वातावरण मन्त्री नवलकिशोर साहको उपस्थितिमा गैंडा छाडिएको हो । यसअघि असोज १० गते उक्त सेक्टरमा दुई वटा पोथी गैंडा छाडिएको थियोे ।
चितवनबाटै पुष्पा र अन्जली नामका दुई पोथी गैंडा ल्याइएको ६ महिनापछि भाले गैंडा ल्याइएको कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रमेश यादवले जानकारी दिएका छन् ।
उनका अनुसार बंश विस्तार गर्ने योजनाका साथ गैंडा ल्याइएको हो । ल्याइएको भाले गैंडा ९ बर्षका छन् भने तौल साढे ३ टन रहेको छ ।
गैंडा छोड्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले पोथी र भाले दुबै ल्याइएपछि गैंडाको बंश वृद्धि हुने विश्वास व्यक्त गरे । उनले गैंडाको बंश वृद्धि भएपछि कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकीय क्षेत्रमा थप बल पुग्ने बताए ।
वन क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै साहले वन्यजन्तुको संरक्षणप्रति सबैले ध्यान दिनुपर्ने बताए ।
वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर दीपक बरालले मन्त्रालयले वनको संरक्षण, प्रवद्र्धन र विकासका लागि विभिन्न योजना ल्याएको जानकारी गराए । उनले वन क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सरकार अघि बढिसकेको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ