News Category 2080/12/16
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा राजविराज शाखाले रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ ।
पत्रकार महासंघ शाखा सप्तरीले शुक्रवार गजेन्द्र नारायण सिह अस्पताल परिसरमा रेडक्रस सोसाईटी शाखाद्वारा संचालित रक्त संचार सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा पत्रकार महासंघका पूर्वसचिव जीतेन्द्र झा, वर्तमान सहसचिव गोपाल प्रसाद गुप्ता, पत्रकार रामशंकर भण्डारी तथा सशस्त्र प्रहरी अर्जुन सिह दनुवार, राज कुमार माझी र कुमार कार्कीले रक्तदान गरेको पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण कुमार देवले जानकारी दिए ।
गर्मी बढीरहेको वेला रक्त संचार सेवा केन्द्रमा पनि रगतको अभाव रहेको केन्द्रका इन्र्चाज नविन झाले बताए । रगतका कारण कुनै पनि ब्यक्तीको मृत्यु नहोस भन्ने उद्देश्यका साथ स्थापना दिसमा यस्तो कार्यक्रम रोजिएको अध्यक्ष देवले बताए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा सहित पत्रकार महासंघको पदाधिकारी, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ