News Category 2071/10/12
प्रश्नावली समिति गठन गरेको बिरोधमा सभामुख नेम्वाङको पुतला दहन
दैनिक संवाददाता
राजविराज, ११ माघ ।
एमाओवादी, मधेशवादी दलसहितको ३० दलिय मोर्चाले आइतबार साँझ सप्तरीलगायत देशभर संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङको पुतला जलाएका छन् ।
संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङले आइतबार संविधानसभामा विपक्षि दलले बिरोध जनाउँदा जनाउँदै प्रश्नावली समिति गठन गरेको बिरोधमा पुतला जलाएका हुन् ।
राजविराजस्थित गजेन्द्र चौकबाट पुतला सहितको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः गजेन्द्र चौकमा पुगेर सभामुख नेम्वाङको पुतला जलाएका हुन् । सभामुखले गरेको निर्णय अबिलम्ब सच्याउँनुपर्ने तथा सहमतिको आधारमा संविधान ल्याउँनुपर्ने माँग गर्दै मोर्चाले सभामुखको पुतला जलाएका छन ।
सो कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय महासचिव मनिषकुमार सुमन, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादव, सद्भावनाका जिल्ला अध्यक्ष सुनिल कुमार झा लगायतको उपस्थिती रहेको थियो ।
पुतला दहन पश्चात् आयोजित बिरोध सभामा एमाओवादीका भागवत यादव, फोरम नेपालका केदार यादव, नेकपा–माओवादीका रामगमन साह, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव लगायतका बक्ताहरुले सभामुखले गरेको निर्णय अबिलम्ब सच्याउँनुपर्ने तथा सहमतिको आधारमा नयाँ संविधान ल्याउँनुपर्ने माग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ