News Category 2080/12/16
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र नीधीले प्रधानमन्त्री प्रचण्डले उथलपुथलका कुरा भन्दा पनि जनताको समस्या र देशको विकासका कुरा बढी गर्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल कायस्थ महासंघको प्रथम राष्ट्रिय महाधिवेशन एवं वार्षिक साधारण सभाको शुक्रवार राजविराजमा उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पहिले पनि उथल पुथलका कुरा गर्नुहुन्थ्यो, उनले भने “हिजो पनि यस्तै कुरा गरेर राजनैतिक अन्यौलता सिर्जना गर्ने काम भएको छ ।”
नेपालमा शासन प्रणाली र पात्र फेरिने प्रयोग आवश्यक्ता भन्दा बढी भईरहेको भन्दै उनले अब प्रयोग भन्दा पनि जनताको मुल समस्या समाधानमा सबै लाग्नु पर्ने जीकीर गरे ।
अर्काे प्रसङ्गमा उनले अल्पसंख्यकको रुपमा रहे पनि कायश्थ जातीको मुलुकको हरेक क्षेत्रमा योगदान रहेको चर्चा गर्दै उनले राजनीतिक दलका हिसावले विभिन्न ठाउँमा विभक्त रहेर पनि जातिय उत्थान र समाजिक उत्थानका लागी कायश्थ समुदाय एकिकृत भई अघि बढ्नु पर्नेमा जोड दिए ।
उनले जातीय संस्कृतिको जर्गेना सहित समाजिक विकासमा अझ एकताबद्ध भई लाग्न कायश्थ समुदायका अगुवालाई आग्रह समेत गरे ।
सो अवसरमा उनले नेपाल कायश्थ महासंघको मुख–पत्रको रुपमा प्रकाशन गरिएको “कायश्थ स्मारिका २०८०” को विमोचन समेत गरे । यस्तै महासंघको वेवसाइटको समेत उनले शुभारम्भ गरे ।
कार्यक्रममा कायश्थ जातिको उत्थानका लागी योगदान पु¥याउने विभिन्न ब्यक्तीत्वहरुलाई प्रमुख अथिती निधीले मिथिला पाग, दोसल्ला र कदरपत्रबाट सम्मान गरेका थिए ।
कार्यक्रममा महासचिव शिवचन्द्र लालले साँगठनीक तथा कोषाध्यक्ष सन्तोष किशोर लाभले कोषाध्यक्षीय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल कायस्थ महासंघका अध्यक्ष एवं सर्वाेच्च अदालतका पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष आनन्द मोहन लाल दास, सर्वोच्च अदालतका पूर्व न्यायधिश कमल नारायण दास, महासंघको काठमाण्डौ जिल्ला अध्यक्ष संतोष किशोर लाभ, कायस्थ स्मारिका २०८० का मुख्य सम्पादक राजेश कुमार झा, राजर्षी विश्व विद्यालयका उपकुलपति डा.शैलेन्द्र नारायण मल्लिक, डा.गौरी शंकर लाल दास लगायतले पनि शुभकामना दिदै जातिय उत्थान संगै कायस्थ समाजको कला, कौशल तथा साँस्कृतिक विरासत जोगाउँदै सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय गान र भगवान चित्रगुप्तको स्तृति गानबाट सूरु भएको कार्यक्रममा चित्रगुप्त सेवा समिति राजविराजका सदस्य दिलिप कुमार दासले अथितिहरुको स्वागत गरेका थिए ।
महाधिवेशन एवं वार्षिक साधारणसभामा कायस्थ जातिको जातिय संस्था चित्रगुप्त सेवा समितिका समेत देशभरका प्रतिनिधीहरुको सहभागिता छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
- 2081/08/04 टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद
- 2081/08/03 महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ