News Category 2080/12/20
विकासीय योजना बाँडफाँड र जनप्रतिनिधि बिरुद्ध दर्ता भएका मुद्दा बारे पालिका प्रमुखहरुको चासो
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
विकासीय योजना बाँडफाँड र जनप्रतिनिधि बिरुद्ध दर्ता गरिएको मुद्दा बारे पालिका प्रमुखहरुले चासो देखाएका छन् ।
मंगलबार जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको अध्यक्षतामा बसेको बैठकले यस्तो चासो देखाउँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।
बैठकले रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको मानमर्दन हुने गरि स्थानिय केही व्यक्तिले प्रहरीमा उनी बिरुद्ध कुटपिट र लुटपाटको उजुरी दिएको ठहर गर्दै न्यायका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
राजनैतिक पूर्वाग्रहको आधारमा अध्यक्ष यादवको मानमर्दन र चरित्र हत्या गर्ने मनसायले केही विपक्षिले दिएको झुठो उजुरी प्रहरीमा दर्ता भएको भन्दै बैठकले सत्यतथ्य छानबिनको माग पनि गरेको छ ।
बैठकमा सहभागि रुपनी गाउँपालिकाका अध्यक्ष यादवले आफूमाथी लगाइएको आरोप विल्कुलै निराधार रहेको दाबी गर्दै सो बारे छानबिनको माग गर्दै आफूले त्यसमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको जनाए । उनले आफू संलग्न नै नरहेको घटनामा आफ्नो नाम र चित्र समेत राखेर समाचार सम्प्रेशन गर्ने केही पत्रिकाबिरुद्ध न्यायका लागि प्रेस काउन्सील तथा सरोकारवाला अन्य निकायमा जाने तयारी भएको समेत जानकारी दिए ।
यस्तै बैठकले विकासीय कार्यालयहरुबाट बाडिने योजनाका पत्रहरु विचोलिया मार्फत नभई सोझै सम्बन्धित पालिकाहरु मार्फत बितरण गरिनु पर्ने माग गरेको छ । बैठकले हाल केही विकासीय कार्यालयहरुमा योजना बाँडफाँड र सेवा प्रवाहको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि सबै मिलेर पहल गर्ने तथा चैत २१ गते बुधबार सरोकारवाला समेतलाई राखी बृहत बैठक बस्ने निर्णय गरेको जिल्ला समन्वय समिति सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ