News Category 2080/12/20
विकासीय योजना बाँडफाँड र जनप्रतिनिधि बिरुद्ध दर्ता भएका मुद्दा बारे पालिका प्रमुखहरुको चासो
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
विकासीय योजना बाँडफाँड र जनप्रतिनिधि बिरुद्ध दर्ता गरिएको मुद्दा बारे पालिका प्रमुखहरुले चासो देखाएका छन् ।
मंगलबार जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको अध्यक्षतामा बसेको बैठकले यस्तो चासो देखाउँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।
बैठकले रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको मानमर्दन हुने गरि स्थानिय केही व्यक्तिले प्रहरीमा उनी बिरुद्ध कुटपिट र लुटपाटको उजुरी दिएको ठहर गर्दै न्यायका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
राजनैतिक पूर्वाग्रहको आधारमा अध्यक्ष यादवको मानमर्दन र चरित्र हत्या गर्ने मनसायले केही विपक्षिले दिएको झुठो उजुरी प्रहरीमा दर्ता भएको भन्दै बैठकले सत्यतथ्य छानबिनको माग पनि गरेको छ ।
बैठकमा सहभागि रुपनी गाउँपालिकाका अध्यक्ष यादवले आफूमाथी लगाइएको आरोप विल्कुलै निराधार रहेको दाबी गर्दै सो बारे छानबिनको माग गर्दै आफूले त्यसमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको जनाए । उनले आफू संलग्न नै नरहेको घटनामा आफ्नो नाम र चित्र समेत राखेर समाचार सम्प्रेशन गर्ने केही पत्रिकाबिरुद्ध न्यायका लागि प्रेस काउन्सील तथा सरोकारवाला अन्य निकायमा जाने तयारी भएको समेत जानकारी दिए ।
यस्तै बैठकले विकासीय कार्यालयहरुबाट बाडिने योजनाका पत्रहरु विचोलिया मार्फत नभई सोझै सम्बन्धित पालिकाहरु मार्फत बितरण गरिनु पर्ने माग गरेको छ । बैठकले हाल केही विकासीय कार्यालयहरुमा योजना बाँडफाँड र सेवा प्रवाहको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि सबै मिलेर पहल गर्ने तथा चैत २१ गते बुधबार सरोकारवाला समेतलाई राखी बृहत बैठक बस्ने निर्णय गरेको जिल्ला समन्वय समिति सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ