News Category 2071/10/12
विभिन्न कार्यक्रम गरी सरस्वती पुजा मनाईयो
दैनिक संवाददाता
राजविराज, ११ माघ ।
विद्याकी देवी सरस्वतीको पुजा आईतबार सप्तरीसहित मुलुकभरी भव्य रुपमा धुमधामका साथ मनाइएको छ ।
सरस्वती पुजाको अवसरमा जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा सरस्वतिको मुर्ति बनाई भव्य रुपमा पुजाआजा गरी मनाइएको हो । सरस्वती पुजाको अवसरमा जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमको समेत आयोजना गरेको थियो । सोही अवसरमा शिब्स इन्टरनेशनल बोर्डिङ्ग सेकेन्ड्री स्कुलले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
स्कुलका प्रिन्सिपल नरेश प्रताप साहको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भटराईको प्रमुख आतिथ्यमा आयोजित साँस्कृतिक कार्यक्रममा संचार यात्रा नेपालकी अध्यक्ष करुणा झा, मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव, जिल्ला शिक्षा कार्यालयका परीक्षा शाखा प्रमुख बिरेन्द्र चौधरी लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
सोही साँस्कृतिक कार्यक्रममा स्कुलका छात्रछात्राहरुले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै सरस्वती पुजाकै अवसरमा राजविराजस्थित मनोकामना बोर्डिङ स्कुल, ह्यापिल्याण्ड बोर्डिङ स्कुल, लालि गुँरास बोर्डिङ स्कुल, युनिभर्सल बोर्डिङ स्कुल लगायत जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा समेत सर्वसाधारणहरुले विद्याकी देवी सरस्वतिको मुर्ति बनाई भव्य रुपमा पुजाआजा गरी पुजा मनाईएको छ ।
सोही अवसरमा विभिन्न स्थनामा नाचगानको समेत आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ