News Category 2071/10/12
विभिन्न कार्यक्रम गरी सरस्वती पुजा मनाईयो
दैनिक संवाददाता
राजविराज, ११ माघ ।
विद्याकी देवी सरस्वतीको पुजा आईतबार सप्तरीसहित मुलुकभरी भव्य रुपमा धुमधामका साथ मनाइएको छ ।
सरस्वती पुजाको अवसरमा जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा सरस्वतिको मुर्ति बनाई भव्य रुपमा पुजाआजा गरी मनाइएको हो । सरस्वती पुजाको अवसरमा जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमको समेत आयोजना गरेको थियो । सोही अवसरमा शिब्स इन्टरनेशनल बोर्डिङ्ग सेकेन्ड्री स्कुलले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
स्कुलका प्रिन्सिपल नरेश प्रताप साहको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भटराईको प्रमुख आतिथ्यमा आयोजित साँस्कृतिक कार्यक्रममा संचार यात्रा नेपालकी अध्यक्ष करुणा झा, मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव, जिल्ला शिक्षा कार्यालयका परीक्षा शाखा प्रमुख बिरेन्द्र चौधरी लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
सोही साँस्कृतिक कार्यक्रममा स्कुलका छात्रछात्राहरुले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै सरस्वती पुजाकै अवसरमा राजविराजस्थित मनोकामना बोर्डिङ स्कुल, ह्यापिल्याण्ड बोर्डिङ स्कुल, लालि गुँरास बोर्डिङ स्कुल, युनिभर्सल बोर्डिङ स्कुल लगायत जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा समेत सर्वसाधारणहरुले विद्याकी देवी सरस्वतिको मुर्ति बनाई भव्य रुपमा पुजाआजा गरी पुजा मनाईएको छ ।
सोही अवसरमा विभिन्न स्थनामा नाचगानको समेत आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ