News Category 2080/12/27
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्रका लागि क्रान्तिभूमी रहेपनि विकासको मामलामा सप्तरी पछाडी परेकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा विशेष पूजापाठ गर्न मंगलबार आइपुगेका राष्ट्रपति पौडेलले सप्तरीवासीलाई सम्बोधन गर्ने क्रममा सो चिन्ता व्यक्त गरेका हुन् ।
तराई मधेश कृषिको क्रान्ति हुने ठाउँ भएपनि सिंचाई अभावका कारण सुख्खा रहेको बताउँदै उनले कोशी र कमला डाइभर्सन छिटो भन्दा छिटो संचालन हुनु पर्ने बारे आफूले सरकारलाई ध्यानाकर्षण गराउने उल्लेख गरे ।
सोही क्रममा उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्तीका साथै थप सेवा बिस्तारका लागि सरकारसमक्ष आफूले कुरा राख्ने प्रतिबद्धता जनाए । उनले तराई मधेशका जिल्लाको विकासका लागि आफू सधै साथमा रहने विश्वास समेत व्यक्त गरे ।
सम्बोधन कै क्रममा राष्ट्रपति पौडेलले सप्तरी प्रजातन्त्रका लागि सचेत नागरिकहरुको बसोवासको रुपमा रहेको भन्दै सन् १९४७ मा भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा सप्तरीकै हनुमानगर जेलमा बन्दी बनाइएका भारतीय समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया लगायतलाई सप्तरीकै प्रजातन्त्रवादीहरुले जेल मुक्त गराएको इतिहास स्मरण गरे ।
यसअघि राष्ट्रपतिलाई छिन्नमस्ता गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले स्वागत अभिनन्दन गरेका थिए । उनले राष्ट्रपति पौडेललाई मिथिला पाग र दोसल्ला ओढाएर सम्मान गरे ।
छिन्नमस्ता भगवतीको विशेष पूजामा सरिक भएका राष्ट्रपति पौडेलको स्वागतका लागि प्रतिनिधिसभा सदस्यद्वय दिनेश कुमार यादव, तेजुलाल चौधरी, प्रदेश सांसद निलम रजक, प्रमुख जिल्ला अधिकारी किरण थापा, गाउँपालिकाका उपाध्यक्ष राजुदेवी यादव, नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, मूल पुजारी महाकान्त ठाकुर, सुरक्षा निकायका प्रमुखका साथै ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ