News Category 2080/12/29
त्रियुगा सहकारीले ५० औं स्थापना दिवसमा मनायो स्वर्ण जयन्ती
दैनिक समाचारदाता
फत्तेपुर (सप्तरी), २८ चैत ।
स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सप्तरीको फत्तेपुरस्थित त्रियुगा बहुमुखी सहकारी संस्थाले बुधबार स्वर्ण जयन्ती मनाएको छ ।
सप्तकोसी नगरपालिकाको फत्तेपुरस्थित शहिद स्मृति रंगशालामा आयोजना गरिएको उक्त स्वर्ण जयन्तीमा लोपन्मुख पञ्चेबाजा, किराँत नाच, नेवा, मगर, थारु नाँच–झाँकी प्रस्तुत गरिएको थियो ।
सहकारीका अध्यक्ष चन्देश्वर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले ५० वर्षदेखि आफ्नो गरिमा कायम राख्न सफल भएका त्रियुगा सहकारीको नक्कल गर्न मुलुकका अन्य सहकारी सञ्चालकहरुलाई सुझाव दिईन् ।
झण्डै ४ हजार ४० शेयर सदस्य रहेको त्रियुगा सहकारीले हालसम्म ४४ करोड ५३ लाख ७५ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने हालसम्म ४५ करोड ९८ लाख २६ हजार बचत गरेको सहकारीका सल्लाहकार समितिका अध्यक्ष खगेन्द्र कार्कीले जानकारी दिए । उक्त सहकारीको ५ करोड ११ लाख ३४ हजार कुल शेयर पुँजी रहेको छ ।
कार्यक्रममा सहकारीका पुर्वअध्यक्षहरु, वृद्ध सेयर सदस्यसहितकालाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ