News Category 2081/01/02
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
राजविराज÷राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ नयाँ वर्षको सुरुवात मन्दिर सरसफाईबाट गरेका छन् ।
शनिबार एकाबिहान दुई जना सरसफाईकर्मीसहित हातमा कुचो बोकेर निस्केका उनी नगरको शनी, हनुमान र भगवती मन्दिर सरसफाई गर्दै नयाँ वर्षको शुरुवात गरेका हुन् ।
नयाँ वर्षको अवसरमा मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । तर, कतिपय मन्दिर परिसरमा सरसफाईको अभाव देखिएको खबर आएपछि सरसफाईमा सघाउन आफै खटिएको उनले सुनाए ।
मन्दिर परिसर र आसपास फालिएको फोहर सफा गरिएपछी पुजा गर्न आएका भक्तजन खुशी व्यक्त गर्दै उनलाई धन्यवाद दिएका छन् । छठपर्वका बेला पनि उनी नगरका विभिन्न जलाशय सरसफाईमा सफाइकर्मीसहित खटिएका थिए ।
नयाँ वर्षको सुरुवात मन्दिरको सरसफाईबाट सुरु गरेका उनले भने, “एकातिर मन्दिरको सरसफाईले भक्तजनलाई सहज हुन्छ भने अर्कोतिर आफूलाई पुण्य प्राप्ति हुने विश्वास जागृत हुन्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ