News Category 2081/01/03
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
मुस्लिम समुदायले आफ्ना धर्मगुरु एवं इस्लाम धमावलम्बीका प्रर्वतक पैगम्बर मोहम्मविरुद्ध भ्रामक एवं कपोकल्पित प्रचार गर्ने माथी कारवारहीको माग गरेको छ ।
सोमबार मुस्लिम समुदायले कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल मुस्लिम संघ सप्तरीका अध्यक्ष मो.जिब्रिल मियाँ, महासचिव इरसाद अंसारी तथा मुस्लिम समुदायका अगुवाहरुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाइएका हुन् ।
गृह मन्त्रालयलाई बोद्यार्थ समेत दिएको ज्ञापन पत्रमा कमल नारायण दास भन्ने ब्यक्तीले केही दिन यता मुस्लिम धर्मावलम्बीहरुका प्रर्वतक पैगम्बर मोहम्मदका बारेमा समाजिक सञ्जाल मार्फत भ्रामक र कपोकल्पित कुराहरु राखेर अपमानित र अनादर गरिरहेको उल्लेख गरिएको छ ।
धर्मगूरुलाई अपमानित हुने गरी गलत प्रचारवाजीले धार्मिक संहिष्णुता एवं सामाजिक सद्भावमा खलल् पुग्ने भन्दै ज्ञापनपत्रमार्फत समाजमा अशान्ति फैलाउने र आपसी सदभाव विगार्ने कार्यमा लागेका दासलाई तत्काल नियन्त्रण्मा लिई कडा कारवाही गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ थापाले यस्ता गतिबीधी रोक्न आफुले पहल गर्ने प्रतिबद्धता जनाएको नेपाल मुस्लिम संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ