News Category 2081/01/06
जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
नक्सा सहित भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि प्रतिवेदन बुझाई सक्दा पनि जग्गा कित्ताकाट प्रकृया सुरु गर्न ढिलाई भएको भन्दै विहीवार भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा दुबै कार्यालयका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
भू–उपयोग (पहिलो संसोशधन) नियमावली २०८० मा भू–उपयोग क्षेत्र तथा विवरण अधावधिक गर्नूृ पर्ने ब्यवस्था छ ।
यस्तै सोही ऐनमा सो मध्ये कुनै एक भु–उपयोग क्षेत्रको नक्शा वा विवरण अधावधिक गर्न बाँकि रहेता पनि वर्गीकरण भएको क्षेत्रमा यस नियमावलीको अधिनमा रही कित्ताकाट गर्न सकिने उल्लेख छ । तर, सो अनुसारको प्रकृया अघि बढाउन नापी र भूमिसुधार तथा मालपोत कार्यालयले ढिलाई गरे पछि ध्यानाकर्षण पत्र बुझाइएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए ।
उनले गाँउपालिका भित्र रहेको स्थानीयको आवश्यक्ता, नापी विभागबाट प्राप्त विवरण तथा भु–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि मापदण्ड २०८० लाई आधार लिई गाउँकार्य पालिकाबाट समेत निर्णय गरीएको पत्र सहित तत्काल कित्ताकाट सुरु गर्न ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।
उनले गाउँपालिका क्षेत्र भित्रका कृषि, आवसिय, व्यवसायीक, औधोगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, पुरातात्विक महत्व लगायतका क्षेत्रको परार्मशदाता कम्पनी वियोङ्ग इमाजिलेशन कन्सट्रक्सन प्रा.लि.को सहयोगमा वर्गीकरण कार्य सकिएको र सोको प्रतिवेदन समेत बुझाएको लामो समय वितिसक्दा पनि जग्गा कित्ताकाट प्रकृया सुरु नहुदा समस्या भएको बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै सम्बन्धित कार्यालयका प्रमुखहरुले भू–उपयोग नियमावलीको परिधिमा रही छिट्टै जग्गा कित्ताकाट प्रकृया सूरु गर्ने आश्वासन दिएको रुपनी गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ