News Category 2081/01/17
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
राजविराज जेसिजले वातावरण संरक्षण तथा जेसिज अभियानलाई समाजमा स्थापित गर्ने उद्देश्यले वृक्षारोपण गरेको छ ।
जेसिजको कार्यालय परिसरमै सोमबार आयोजित कार्यक्रममा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन समेत गरिएको छ ।
संयोजक सौरभ सिंहको संयोजनमा बृक्षरोपन कार्यक्रम पश्चात् राजविराज जेसीजले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्द, पूर्व अध्यक्षहरू तथा राजविराज जेसीज २०२४ का कार्यसमितिद्वारा सामूहिक रुपमा भित्तेपात्रो विमोचन गरिएको थियो ।
अध्यक्ष जेसी विप्लव आनन्दले जेसीजको मूलमन्त्र अनुसार नेतृत्व र व्यक्तित्व अनुसार आफूलाई अग्रसर बनाउनुपर्नेमा जोड दिए ।
यस्तै वर्ष २०१३ का अध्यक्ष मनोहर पोखरेलले युवाहरूको नेतृत्व र क्षमता विकासको लागि जेसिजको भुमिका महत्वपूर्ण रहेको भन्दै राजविराज जेसीजको संस्थागत विकासको लागि यस किसिमका कार्यक्रमले जेसीजको बारेमा युवाहरूलाई अकार्षित गर्ने बताए ।
उनले वर्तमान विश्व जलवायु परिवर्तनको समस्यालाई लिएर चिन्तित बनिरहेको बेला वृक्षारोपण कार्यले कार्बनडाइअक्साइड उत्सर्जन रोक्न मद्दत पुग्ने तर्क दिए ।
महासचिव पंकज कुमार देवद्वारा सञ्चालित कार्यक्रममा जेसीआई राजविराजका पूर्वअध्यक्ष, जेसीआई राजविराज २०२४ का कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
- 2082/04/17 दश लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको डा. राउतको दाबी
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ