News Category 2081/01/17
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
एकल महिलाको उत्थानका लागी सप्तरीस्थित एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले सशक्तीकरण अभियान चलाएको छ ।
अभियान अन्तर्गत वडा वडामा पुगी एकल महिलालाइ संगठित बनाउने र त्यस पश्चात उनीहरुलाई सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने प्रयास थालिएको हो ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट सूरु भएको अभियान क्रमशः जिल्लाकोे १८ वटै पालिकामा पु¥याउने लक्ष्य रहेको एक महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीकी प्रमुख जुही ठाकुरले बताईन ।
यसैक्रममा सोमवार हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर २ जोगिनियाँ र वडा नम्बर १४ रम्पुरामल्हनियाँमा एक महिला वडा समिति गठन गरिएको छ ।
यस अघि सोही नगरपालिकाको वडा ५ र ६ मा पनि एकल महिला वडा समितिको गठन गरी आवश्यक सीपमुलक तालिम प्रदान गर्ने काम भईरहेको अध्यक्ष ठाकुरले बताईन ।
कमाई गर्ने श्रीमान वितेपछि कस्टकर जीवन बिताईरहेका एकल महिलामा पनि विशेष गरी ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाको आवश्यक्ता पुरा गर्न समस्या भइरहेकोले यस्ता महिलाहरुलाई संगठित गरी सशक्तीकरणको क्षेत्रमा संस्थाले सीपमुलक तालिम प्रदान गर्दै जीवन सहज बनाउने प्रयास गरेको उनको भनाई छ ।
वडास्तरबाटै संस्थाले थालेको गतिविधीले आफुलाई थोरै भएपनि राहत महशुस भएको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरामल्हनीयाकी ३० वर्षिया सावित्री देवी सदाले बताईन ।
तीन वर्ष अघि श्रीमान गुमाएकी उनले घरमा कोही नभएपछि जीवन कस्टकर बनेको वेला केन्द्रले चलाएको अभियानमा सहभागी भएपछि आत्मबल बढेको बताइने । श्रीमानको मृत्यु पछि बेरोजगार रहेका हामी जस्ता महिलालाई आर्थिक कठिनाईले सताएको बेला संस्थाले चलाएको अभियानले हौसला प्रदान गरेको उनको भनाई छ ।
एकल महिला सशक्तीकरणका लागी केन्द्रले वडा समिति गठन देखि तालिम, गोष्ठी, पशुपालन, खेतीपाती लगायतको क्षेत्र समेटि गतिविधी सूरु गरेको संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ