News Category 2081/01/18
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीमा मंगलबार दिउँसो भिषण आगलागि भएको छ । दिउँसो करिब ३ बजेतिर हावाहुरी चलेको बेला भएको उक्त भिषण आगलागिमा करिब २ सय घर जलेर खरानी भएको छ ।
गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलका अनुसार आगलागिले मुसहरी र यादव टोलमा क्षति भएको छ । समयमा नियन्त्रणको उपाय हुन नसक्दा ६७ परिवारको २ सय घर खरानी भएको उनको भनाई छ ।

स्थानीय शत्रुघन यादवको गाइगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगोले २ सय घर जलेको अध्यक्ष मण्डलले जानकारी दिए ।
आगलागिमा शत्रुघन यादवका साथै छिमेकी गणेशी यादव, उपेन्द्र यादव, कौशल्यादेवी यादव, रामदेव यादव, सुकदेव यादव, नथुनी यादव, सचेन्द्र यादव, रन्जित यादव, सुभाष यादव, गोपाल यादव, रामदेव सदालगायत ६७ परिवारको घर नष्ट भएका छन् भने दुई करोड भन्दा बढीको धनमाल जलेको छ ।

आगलगीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घरहरु छन् । आगलागि पीडितहरु अहिले पाल लगाएर नजिकैको खेतमा बसेका छन् ।
आगो नियन्त्रणमा लिन कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी, शम्भुनाथ नगरपालिकाको वारुण यन्त्रका साथै प्रहरी, स्थानीयवासी, सेना समेत खटेको स्थानीयले जानकारी दिएका छन् ।

आगलगीमा २ दर्जन चौपाया, ट्रयाक्टर, थ्रेसर समेत जलेको प्रहरीले जानकारी दिएको छ । आगलगीमा २ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि चार घण्टाको प्रयासले समेत आगलागि पूर्ण नियन्त्रणमा नआइसकेका कारण आगो निभाउने प्रयास साँझ ६ः३० बजेसम्म पनि जारि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले बताए । आगलागि पूर्ण नियन्त्रणमा आइसकेपछि क्षतिको विवरण संकलन गरिने उनले जानकारी दिएका छन् ।
यसअघि सप्तरीको कंचनरुप नगरपालिका ५ पडेरामामा बैशाख ९ गते आगलागि हुँदा २४ घर जलेर नष्ट भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ