News Category 2081/01/19
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीका अग्नीपीडितहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । अघिल्लो दिन मंगलबार दिउँसो भएको भिषण आगलागिले सर्वस्व गुमाएपछि उनीहरुको बिजोग भएको हो ।
आगलागिमा चिम्टीको मुसहरी र यादव बस्ती खरानी भएको छ । आगलागि बुधबार बिहान १० बजे मात्र पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
मंगलबार दिउँसो ३ बजेतिर लागेको आगो तीन वटा बारुणयन्त्र, स्थानीयवासी, प्रहरी र सेनाको मद्दतले बुधबार बिहान १० बजेमात्र पूर्ण रुपमा निभाउन सकिएको उनले बताए ।
प्रारम्भिक चरणमा ४६ घरधुरीको सय भन्दा बढी घर जलेर नष्ट भएको विवरण संकलन गरिएकोमा क्षतिको विवरण संकलन गर्ने कार्य अझै जारि नै रहेको उनको भनाई छ ।
यता प्रचण्ड गर्मी र घामका बीच अग्निपीडितहरु कोही छाता ओढेर खुल्ला चउरमा, कोही रुखमुनी त कोही खेतमै पाल टांगेर बसिरहेका छन् । जसमध्ये बृद्धबृद्धा, बालबालिका र महिलाको अवस्था दयनिय छ । अधिकांश अग्निपीडितको जीउमा लगाएको लुगा बाहेक केही बचेको छैन् ।
वडा अध्यक्ष जयकिशोर दासले मंगलबारराती आफूले उपलब्ध गराएको चाउचाउ, च्युरा, मुरही र बिस्कुटको भरमा रात गुजारेका अग्निपीडितका लागि बुधबार बिहान खानाको व्यवस्था स्थानीय समाजसेवी तथा केही संघसंस्थाले मिलाइदिएको जानकारी दिए ।
उनले अग्निपीडितको बिचल्ली भएको भन्दै बस्ती पुर्ननिर्माणका लागि सरकार तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए । अग्निपीडित ७५ वर्षिया लोखनीदेवी यादवले खाने, बस्ने, सुत्ने, पानी पिउने समेत व्यवस्था नरहेका कारण खुल्ला आकाश मुनी बसेर दिनरात कटाउनु परेको दुखेसो सुनाईन् ।
पल्लो टोलका छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनी एक दर्जन संख्यामा रहेको परिवार बसिरहेको बाध्यता सुनाउँदै उनले मुरही र च्युरा फाँकेर बस्नु परेको पीडा व्यक्त गरिन् । यस्तौ गुनासो अर्का अग्निपीडित दुर्गा प्रसाद यादवको पनि छ । आफूहरुको सर्वस्व आगोमा खरानी भएपछि गुजारा गर्ने कुनै उपाय नरहेको भन्दै उनले च्युरा, मुरही बाहेक अन्य केही पनि राहत नपाएको बताए । जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले पार्टीका तर्फबाट अग्निपीडितहरुलाई खाद्यान्न, छाता, पिउने पानी लगायतको राहत बितरणका लागि तयारी गरिएको जानकारी दिएका छन् ।
छिन्नमस्ता गाउँपालिकाले पनि सहयोगको हात अघि बढाएको छ । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षमा बुधबार बसेको कार्यपालिकाको बैठकले अग्निपीडितका लागि गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको एक दिनको तलब र पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको छ ।
स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट मंगलबार दिउँसो सल्किएको आगो समयमा नियन्त्रण हुन नसक्दा ६४ परिवारको १ सय १४ घर खरानी भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ