News Category 2081/01/20
साझीको बिष्फोटक ब्याटिङ र बलिङको मद्दतले सप्तरी फाइनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
राजबिराजमा संचालित चार दिवसिय वालिका अन्तर हब क्रिकेट प्रतियोगिताको फाइनलमा सप्तरी प्रवेश गरेको छ ।
सप्तरीकी राष्ट्रिय क्रिकेट खेलाडी साझी यादबले बिष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ६९ रन र ३ विकेट लिएपछि सप्तरी फाइनलमा प्रवेश गरेको हो ।
बिहिवार सम्पन्न सिरहा र सप्तरीबीचको खेलमा सप्तरीले निर्धारित ओभरमा २ सय ७ रनको विशाल योगफल खडा गरेको थियो । निर्धारित २० ओभरमा ३ बिकेट गुमाएर उक्त विशाल योगफल खडा गर्नमा सुष्मिता यादबले ४५ रन बनाउदै अविजित रहे ।
जवाफमा सिरहाले २० ओभरमा ५ बिकेट गुमाएर १ सय ३१ रनमै सिमित भयो । जसमा आरती चौधरीले सर्वाधिक ५८ र प्रशिदिका खडकाले ३० रनको योगदान दिएकी थिइन् । बलिङतर्फ सप्तरीकी साझी यादब ३ बिकेट, दिपा राम, सुष्मिता यादब १÷१ बिकेट लिएकी थिइन् ।
प्लेयर अफ दि म्याच सप्तरीका साझी यादब घोषित भइन । शुक्रबार यसअघि नै फाइनलमा प्रवेश गरेको मोरङ र सप्तरीबीच हुने आयोजक समितिका आशिष गुप्ताले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ