News Category 2081/01/20
अग्निपीडितलाई निशुल्क खाना खुवाइदै, कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीका अग्निपीडितहरुलाई विभिन्न संघ संस्थाले निशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छन् ।
सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको सहकार्यमा उक्त खाना खुवाउने व्यवस्था मिलाइएको हो ।
“दैनिक भोजन सेवा कार्यक्रम” संचालन गरि खाना खुवाउने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले जानकारी दिएका छन् ।
सो कार्यक्रम अन्तरगत निरन्तर रुपमा बिहान र बेलुका निशुल्क खाना खुवाउने व्यवस्था मिलाइएको उनको भनाई छ ।
यसैबीच सोही स्थानमा जिल्ला प्रशासन कार्यालयद्वारा सहायत कक्ष समेत स्थापना गरिएको छ ।
यस्तै चिम्टी अग्निपीडितलाई कर परामर्श सेवा केन्द्र राजबिराज ३ ले खाद्यान्न उपलब्ध गरेको छ ।
परामर्श सेवा केन्द्रले अग्निपीडितका लागि एक सय किलो चामल, २५ किलो दाल, ५ लिटर खानेतेल, ५५ किलो विभिन्न तरकारीहरु, मसाला, ५० किलो तरभुजा, ४० किलो दही र २ण् कार्टुन पानी उपलब्ध गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ