News Category 2081/01/21
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
चिम्टी अग्निपीडितलाई शुक्रबार विभिन्न संघसंस्थाले राहत प्रदान गरेका छन् ।
गत मंगलबार सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा भिषण आगलागि हुँदा त्यहाका ४६ परिवारको घर जलेर खरानी भएको थियो ।
आगलागिमा उनीहरुको सर्वस्व गुमेपछि उनीहरुको आहतमा राहतका लागि सहयोगि हातहरु बढ्न थालेका छन् ।
यसैक्रममा अग्निपीडित परिवारलाई नेपाल–भारत मैत्री संघ केन्द्रिय कार्यालयको तर्फबाट शुक्रबार विभिन्न राहत सामग्री प्रदान गरिएको छ ।
प्रत्येक परिवारलाई एक एक थान लुंगी, साडी, तन्ना, झुल, भेष्ट, पेन्ट राहत स्वरुप प्रदान गरिएको हो ।
त्यस्तै प्रतिपरिवार चामल १० केजी, दाल २ केजी, नुन र चिनी १÷१ केजी भूजा ३ केजी, स्कुल ब्याग, गन्जी, कट्टु लगायतका राहत सामग्री वितरण गरिएको नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जानकारी दिएका छन् ।
संघका केन्द्रिय कार्यवाहक अध्यक्ष शैलेन्द्र मोहन झा, महासचिव बोधकृष्ण सुबेदी, संघका उदयपुरकी अध्यक्ष श्रीमती करुणा झा लगायतले अग्निपीडितहरुलाई राहत वितरण गरेको उनले बताए ।
यसैगरी नेपाल मुस्लिम समाज सेवा सप्तरीले पनि शुक्रबारै अग्निपीडितहरुलाई हन्डी, कराही, डाडु, बाल्टीन, जग, ग्लास, प्लेट, चम्चा लगायतका राहत सामग्री वितरण गरेको नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ