News Category 2081/01/21
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
चिम्टी अग्निपीडितलाई शुक्रबार विभिन्न संघसंस्थाले राहत प्रदान गरेका छन् ।
गत मंगलबार सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा भिषण आगलागि हुँदा त्यहाका ४६ परिवारको घर जलेर खरानी भएको थियो ।
आगलागिमा उनीहरुको सर्वस्व गुमेपछि उनीहरुको आहतमा राहतका लागि सहयोगि हातहरु बढ्न थालेका छन् ।
यसैक्रममा अग्निपीडित परिवारलाई नेपाल–भारत मैत्री संघ केन्द्रिय कार्यालयको तर्फबाट शुक्रबार विभिन्न राहत सामग्री प्रदान गरिएको छ ।
प्रत्येक परिवारलाई एक एक थान लुंगी, साडी, तन्ना, झुल, भेष्ट, पेन्ट राहत स्वरुप प्रदान गरिएको हो ।
त्यस्तै प्रतिपरिवार चामल १० केजी, दाल २ केजी, नुन र चिनी १÷१ केजी भूजा ३ केजी, स्कुल ब्याग, गन्जी, कट्टु लगायतका राहत सामग्री वितरण गरिएको नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जानकारी दिएका छन् ।
संघका केन्द्रिय कार्यवाहक अध्यक्ष शैलेन्द्र मोहन झा, महासचिव बोधकृष्ण सुबेदी, संघका उदयपुरकी अध्यक्ष श्रीमती करुणा झा लगायतले अग्निपीडितहरुलाई राहत वितरण गरेको उनले बताए ।
यसैगरी नेपाल मुस्लिम समाज सेवा सप्तरीले पनि शुक्रबारै अग्निपीडितहरुलाई हन्डी, कराही, डाडु, बाल्टीन, जग, ग्लास, प्लेट, चम्चा लगायतका राहत सामग्री वितरण गरेको नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ