News Category 2081/01/22
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
राजेश झा
एउटा वस्तीको बीचमा रहेको फुसको एउटा सानो घर । घर अगाडि बाँसको भाटाले बनाइएका घेराबेरा (टाटी) र फुलका विरुवाहरु । ती फुसको घरको चारैतिरका घरहरु आगलागीमा परेर खरानी भईसक्यो तर त्यो घर जस्ताको तस्तै छ । बाँसको भाटाले बनाइएका टाटीमा आगोको एउटा झिल्का समेत नपरेको अवस्था । यो अद्भुत र अविश्वसनिय घटना हो महादेवा गाउँपालिका वडा नं. १ चिम्टीको ।
बैशाख १८ गते दिउँसो चिम्टीमा आगलागी भयो । स्थानीय सदा, यादव र मुस्लिम समुदायको घरहरु जल्यो । तर सदा जातिले पुज्ने आफ्नो कूलदेवताको घरमा आगोले केही गर्न सकेन । कुलदेवताको हातामा रहेको फुलको विरुवामा समेत आगोले केहीक्षति गरेको छैन ।
स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगोले त्यहाँका ४६ परिवारको घरलाई खरानी बनायो । शत्रुधन यादवको घर भएको बस्ती र सदाहरुको कूलदेवता भएको वस्तीको बीचमा एउटा आँपको बगैचा समेत रहेको छ । आगो बगैंचा पार गरेर सदाहरुको बस्तीमा समेत आगलागी भयो । त्यो दिन पश्चिमबाट पूर्वतर्फ बग्ने अत्यधिक बेगको हावा थियो । जसले गर्दा आगो बगैचालाई समेत पार गर्दै अर्को बस्तीलाई खरानी पा¥यो तर त्यो मन्दिरको टाटीलाई बाँध्नप्रयोग गरिएको डोरीमा समेत आगो लागेन ।
कुलदेवताको घरमा आगोले कुनै प्रभाव नपारेको देख्दा प्रमुख जिल्ला अधिकारी किरण थापा सहितका सुरक्षा निकायका प्रमुखहरुले समेत आश्चर्य ब्यक्त गरे । आगलागी भएको पाँचौ दिन सदा जातिको कुलदेवताको घरमाथि स्थानीयको नजर गयो । त्यसपछि त्यहाँ उपस्थित गाउँपालिका अध्यक्ष सुनिल मण्डल, प्रमुख जिल्ला अधिकारी थापा, प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहसहितको टोलीले सो घरको अवलोकन निरीक्षण गरेका थिए ।
सदा जातिका अगुवाहरुले आफ्ना कुलदेवताको मन्दिरमा आगोले कुनै प्रभाव नपारेको देख्दा आफ्ना कुलदेवतामाथि आस्था र विश्वास झनगहिरिदै गएको बताए । हो पनिदेवी देउता माथि यदि तपाईको विश्वास छ भने कुनै न कुनै रुपमा त्यो देखिन्छ । नभए चारैतिर आगो रन्किरहेको अवस्थामा आफूलाई सुरक्षित राख्न एउटा फुसको सानो झुपडीको के औकात ? अझ अविश्वसनिय के भने हाताबाहिर राखिएको गहुँसहितको बोरा जल्यो तर त्यही हाताभित्र राखिएको गहुँमा आगोको एउटा झिल्का समेत परेन । यो त झन् अद्भूत कुरा हो । देवी देउतामाथि आस्था र विश्वास राखेमा यस्ता अद्भूत, अविश्सनिय र अकल्पनिय घटनाहरु हेर्न, सुन्न र पढ्न पाइन्छ । जय होस् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ