News Category 2081/01/23
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
समाजसेवी कुँवर सिंह तातेड़ले आफ्नो भाषा र संस्कृतिको संरक्षणका साथै सम्बद्र्धन गर्नु पनि हाम्रै दायित्व रहेको बताएक छन् । शनिवार राजविराजमा हिन्दु स्वंय सेवक संघले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
हिन्दु स्वंय सेवक संघ सप्तरीले स्थानीय पवि उच्च माध्यमिक विद्यालयमा भएको “स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा–२०८१”को पुरस्कार बितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै समाजसेवी तातेड़ले आधुनिकता झाँगिदै गएको आजको परिवेशमा हिन्दु धर्म र संस्कृतिमा क्षय हुँदै गएकोले हामीले यसतर्फ सजग भई कार्य गर्नु पर्ने उल्लेख गरे ।
तातेड़ले टि.भी. र मोबाइलको बढ्दो उपयोगले बालबालिकामा यसको चाँडो र बढी प्रभाव पर्ने भएकाले बालबालिकालाई यसबाट जोगाउनु पर्ने आवश्यक रहेकोमा स्वंय सेवक संघले आयोजना गरेको कार्यको प्रशंसा गरेका थिए ।
स्थानीय प.वि. उच्च माध्यमिक विद्यालयमा भएको आजको बालबालिकामा आफ्नो धर्म संस्कृति प्रति आकर्षण जगाउन हिन्दु स्वंय सेवक संघ, सप्तरीले बर्षेनी गर्दै आएको संस्कृति ज्ञान परिक्षा यस बर्ष पनि आयोजना गरेको छ ।
जिल्ला भरिका २० भन्दा बढी विद्यालयका करिब ४०० छात्रहरु सहभागी रहको यस परिक्षामा यस बर्ष १९ जना छात्र–छात्राहरुले समान सर्वाधिक अंक ल्याएर संघका परिक्षकहरुलाई अचम्भित बनाएको संघका बौद्धिक विभागका प्रमुख प्रयाग यादवले बताएका छन ।
५० पूर्णाङ्क राखी धर्म, संस्कृति र नेपालको राष्ट्रियता सम्बन्धी बिषय–वस्तु राखी लिईएको परिक्षामा १९ जनैले समान ५० अङ्क ल्याएकाले उनीहरु बिच गोलाप्रथा गरी प्रथम, द्वितिय र तृतिय छुट्टयाईएको यादवले जानकारी गराएका छन ।
यसरी प्रथम हुनेमा शिव ईन्टरनेशनल माध्यमिक विद्यालयका जय किशन राय रहेका थिए भने प.वि.उच्च मा.वि.की छात्रा ज्योती मण्डलले दोश्रो र कुनै विद्यालयबाट नभई स्वतन्त्र रुपले सहभागी भएका बिष्णुपुर पालिकाका मनोजकुमार साहले तेश्रो स्थान प्राप्त गरेका छन । समान अङ्ग ल्याएका १९ जनै छात्र–छात्राहरुलाई प्रमाण पत्र र डायरी तथा कलम जस्ता समग्रीका साथै प्रथम हुनेलाई रुपैया ७ हजार १, दोश्रोलाई ५ हजार १ र तेश्रो हुनेलाई ३ हजार १ नगद पनि प्रदान गरिएको थियो ।
संघका सप्तरी सञ्चालक भोगेन्द्र झाको अध्यक्षतामा भएको पुरस्कार बितरण समारोहमा विश्व हिन्दु परिषदका संगठन सचिव प्रह्लाद रेग्मी, संघका राष्ट्रिय प्रचारक वेदप्रकाशजी, जनकपुरका सम्भाग संघ चालक अशोक शर्मा, सञ्चारकर्मी तथा मैथिली साहित्य परिषदका पूर्व अध्यक्ष सतीश कुमार दत्त, सागरमाथा माहेश्वरी मञ्चके राष्ट्रिय उपाध्यक्ष अञ्जना पेडि़वाल र समाजसेवी तथा युवा राजनीतिज्ञ जयप्रकाश यादव लगायतका वक्ताहरुले हिन्दु धर्म, संस्कृति र राष्ट्रियताको बिषयमा रही आफ्ना–आफ्ना मनतव्य व्यक्त राखेका थिए ।
संघका छिन्नमस्ता विभाग कार्यवाहक लोकेन्द्र झाद्वारा सञ्चालित कार्यक्रममा छिन्नमस्ता विभाग कै संघ चालक राम नरेशजीले स्वागत व्यक्त गरेका थिए । कार्यक्रममा बिच बिचमा आधुनिकता मिश्रित धार्मिक भाव समेटेका सांस्कृतिक गीत र नृत्यहरु सहभागी विद्यालयका छात्र–छात्राहरुले प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ