News Category 2081/01/23
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशीले जेसीज युवाहरुको नेतृत्व क्षमता वृद्धि गर्ने संस्था रहेकोले युवाहरु माझ यस संस्थालाई पु¥याउनु आवश्यक रहेको बताएका छन् ।
राजविराज जेसीजको भ्रमणका क्रममा आयोजना गरिएको “मिट एण्ड ग्रिट” कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उर्लाबारी जेसीज, मोरङका बर्ष २०२३का अध्यक्ष भई नेपाल जेसीजका उपाध्यक्ष भएका राजवंशीले राजविराज जेसीजको लामो इतिहास रहेको र सक्षम लिडरहरु रहेकाले शाखाको चार महिनाको गतिविधिमा सक्रियता आएको बताए ।
नेपाल जेसीजले शाखाहरुमा गतिविधि सञ्चालन गर्न केही सहयोग गर्ने गरेको बताउँदै सो लिन राजविराज जेसीजले बाताबरण बनाउनु पर्ने र माग गर्नु पर्ने सुझाव समेत उनले दिए ।
नेपाल जेसीजले देशै भरिमा भएका आफ्ना शाखाहरुको स्थलगत भ्रमण गरी त्यहाँका अवस्था बुभ्mन र समस्या भए सो को सामाधान गर्न आफ्ना उपाध्यक्ष र कार्यकारी उपाध्यक्षहरुलाई परिचालित गर्ने कार्य अन्तरगत आफ्नो भ्रमण भएको उनको भनाई थियो ।
उक्त कार्यक्रममा बोल्दै राजविराज जेसीजका पूर्व अध्यक्ष सतीश कुमार दत्तले शाखा स्थापनाको ४९ बर्ष भई सकेको परिवेशमा यस कार्यकालले आउँदो बर्ष हुने स्वर्ण जयन्तीको लागि पूर्वाधार तैयार गर्नु पर्ने भएकोले कठिन मेहनत गर्नु पर्ने उल्लेख गरे ।
राजविराज जेसीजको आफ्नै भवनमा बर्ष २०२४का अध्यक्ष विप्लव आनन्दको अध्यक्षतामा भएको मिट एण्ड ग्रिट कार्यक्रमको सञ्चालन यस बर्षका महासचिव पंकजकुमार देवले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ