News Category 2071/10/15
औद्योगिक क्षेत्रमा हट लाईन विद्युत सेवा सुचारु
शुभ नारायण यादव
राजविराज, १४ माघ ।
दुई दशकपछि सप्तरीको बसविटी गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा बुधबारदेखि विद्युतको हट लाईन सेवा शुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरण राजविराजका प्रमुख शम्भु कुसियैत यादवले एक कार्यक्रमबिच नियमित रुपमा उद्योग संचालनका लागि सो हट लाईन सेवाको सूचारु गरिएको जानकारी दिनुभयो ।
विद्युतकै कारण औद्योगिक क्षेत्रमा रहेको उद्योगहरु संचालन हुन नसकेको अवस्थामा ५६ लाखको लागतमा निमार्ण भएको सो विद्युत हट लाईन सेवाबाट अब उक्त औद्योगिक क्षेत्रमा रहेका उद्योगहरु संचालन हुने भएका छन् ।
रुपनीदेखि ओद्यौगिक क्षेत्रसम्म आर्थत ७ किलोमिटरको दुरीमा ११ हजार केवि विद्युत हट लाईन सेवाको सूचारु गरिएको हो । उद्घाटन गर्नुहुँदै प्राधिकरण प्रमुख यादवले अबदेखि ओद्यौगिक क्षेत्रमा सिप्mट अनुसार नियमित रुपमा विद्युत रहने तथा उक्त औद्योगिक क्षेत्रमा रहेका उद्योगहरु नियमित रुपमा संचालन हुने विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै सोही समारोहमा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले झण्डै दुई दशकपछि गजेन्द्र नारायण सिंह ओद्यौगिक क्षेत्रमा रहेका उद्योगहरु संचालनमा आउने तथा त्यहाँका उद्योगहरुलाई उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले यहाँका उद्योगहरुको विकासका लागि बोर्डरसम्म पुग्ने बाटोघाटो ठुलो समस्या रहेको बताउँदै अध्यक्ष प्रधानले हवाई क्षेत्र विस्तारका लागि राजविराज बिमानस्थल अबिलम्ब संचालनमा ल्याउँनुका साथै बाटोघाटो निमार्ण भएपछि समग्र सप्तरी जिल्लाको विकास हुने विश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी गजेन्द्र नारायण सिंह ओद्यौगिक क्षेत्रका कार्यालय प्रमुख मो.बसिर हुसेनले जिल्लाको एक मात्र ओद्यौगिक क्षेत्र संचालनका लागि ठूलो समस्या विद्युत नै रहेको बताउँदै उहाँले अब बाटो, पानी, ढल र सुरक्षा सहितका समस्या रहेकाले त्यसको पनि छिटै समाधान हुने बताउँनुभयो ।
प्रमुख हुसेनले सुरक्षाका लागि छिटै नै ओद्यौगिक क्षेत्रमै सशस्त्र प्रहरी बस्ने तथा पानीको लागि २६ लाख ७५ हजारको बजेटमा पानीको लागि ट्याङ्गकर निर्माण हुने जानकारी दिनुभयो ।
त्यसैगरी सोही समारोहमा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष राम कुमार यादव, प्रेस काउन्सिल सदस्य मुरली प्रसाद यादव, इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेल, नेपाल पत्रकार महासंघका पार्षद श्याम सुन्दर यादव, मिलन डैरी उद्योगका प्रो. राधव सिंह लगायतका बक्ताहरुले जिल्लाको समग्र विकासका लागि उक्त औद्योगिक क्षेत्र संचालनमा आएकोमा खुशि ब्यक्त गर्नुभयो ।
२०४४ सालमा भारत सरकारबाट नेपाललाई हस्तानान्तरण अर्थात स्थापना भएको उक्त ओद्यौगिक क्षेत्रमा २ सय ९४ रोपनी क्षेत्रफल मध्ये १ सय ७१ रोपनी विकसित जमिन रहेको छ भने १ सय २३ रोपनी जग्गा अविकसित जमिन रहेको छ ।
हाल सो ओद्यौगिक क्षेत्रमा श्री महालक्ष्मी खाद्य उद्योगमा चामल, कृष्णा खाद्य उद्योगमा चामल, पद्दमा ज्योति प्लाष्टिक उद्योगमा प्लाष्टिक वोतल, माँ भगवति कृषि टमाटो फुड ई.मा जुस र आचार संचालनमा रहेको छ भने अल नेपलिज टी.एण्ड कफी सेन्टर प्रा.लि.मा अरगेनिक मल तथा न्यु मिलन डेरी उद्योगमा दुध, दही, पनिर, घ्यु आदि निमार्णाधिन अवस्थामा रहेको छ । त्यस्तै एस. एण्ड को ई.प्रा.लि.मा वेलडिङ्ग रड बन्द अवस्थामा रहेको कार्यालय प्रमुख हुसेनले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ