News Category 2081/01/24
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका १ चिम्टी अग्निपीडितका लागि विभिन्न संघसंस्थाले खाना पकाउने भाडावर्तन, ग्यास चुल्हा, बक्सा लागतयका सामाग्रिहरु प्रदान गरेको छ ।
ती राहतका सामाग्रिहरु ५२ नं बलिया क्याम्प कतारको सहयोगमा प्रदान गरिएको हो । समाजसेवी रामउद्धगार यादव, ई. संजिव नारायण यादव, रिना झा, ई. शैलेन्द्र यादव, ई.रामजी यादव, ई नन्दकिशोर यादव, महिला अभियानी अनिता यादव, महिला अभियानी सविता यादव, ई.ओम प्रकाश यादव लगायतले सप्तरी युथ नेपालको उपस्थितीमा प्रदान गरेको हो ।
अग्निपीडितका लागि ६७ थान प्रेसर कुकर, ६७ थान कराही, ६७ थान प्लेट, ६७ थान पन्यू बितरण गरिएको सप्तरी युथ नेपालका बिपद् ब्यवस्थापन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
घटनास्थलमै स्थलमै पुगेर लहान उद्योग बाणिज्य संघले ४५ परिवारलाई चुल्हा र ग्यास सिलिन्डार प्रदान गरेको छ ।

यस्तै यादव युवा संघले समेत राहत स्वरुप ठूलो बाकस बितरण गरेको छ । ६६ अग्निपीडित परिवारलाई समान राख्ने ठूलो बाकस सहयोग गरिएको छ ।
त्यस्तै समाजसेवी एवं बौद्धिक वर्गका व्यक्तित्व डा. मुरली प्रसाद सिंहले अग्निपीडितहरूका लागि तीन छाकको खानामा लाग्ने सम्पूर्ण सामग्री दिएका छन् ।
यता सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको सहकार्यमा उक्त खाना खुवाउने व्यवस्था जारि नै छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ