News Category 2081/01/25
घरबाट दराज र बाकसै उठाएर चोरी
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार मध्यराती कसैको दराज त कसैको बाकस घरबाट उठाएर श्रृखंलाबद्ध चोरी भएको छ ।
चोरी भएका तीन घर मध्ये एक घरबाट दराज र बाकस उठाएर चोरहरुले नजिकैको चौरीमा लगि चोरी गरेका छन् ।
सो पालिका वडा नं. ७ सडेपार निवासी देव सुनरैत यादवको घरबाट ५० हजार नगद, लत्तकपडा र सुनचाँदीका गरगहना गरि २ लाख बराबरको धनमाल चोरी भएको छ । चोरले घरमा रहेको दराज उठाएर लगेको र घरदेखी झण्डै ७५ मिटरको दुरीमा रहेको बाँसघारीमा दराज फुटाएर सो परिमाणको सम्पत्ति चोरी लगेको उनले सुनाए ।
यस्तै सोही गाउँपालिका वडा नं. ६ बभनगामा टोल निवासी रामनारायण यादवका १७ वर्षिय छोरा राकेशलाई सुतिरहेकै कोठामा थुनेर बाँकी दुई कोठामा लाखौंको धनमाल चोरले चोरी गरेका छन् ।
घरबाट डेढ सय मिटरको दुरीमा रहेको दलानमा सुतिरहेका रामनारायणका अनुसार घरबाट सुनको आठ आनाको गहना, चाँदीको ११ तोलाको गहना, नगद १ लाख ६१ हजार र अन्य केही सरसामान चोरी भएको छ ।
चोरले छोरा राकेश सुतेको कोठामा बाहिरबाट चुकुल लगाई अन्य दुई कोठामा रहेको दुई वटा बाकस फुटाएर सो परिमाणको सम्पत्ति चोरी गरि लगेको उनले सुनाए ।
उक्त घरदेखी झण्डै सय मिटरको दुरीमा रहेको श्यामनारायण यादवको घरबाट पनि ६० हजार रुँपैया बराबरको चोरी भएको छ । घरपट्ी श्यामनारायणका अनुसार चोरले बाकस फुटाएर नगद र सरसामान गरि ६० हजार बराबरको सम्पत्ति लगेका छन् ।
घटनाको खबर पाएपछि पुगेको प्रहरी टोलीले घटनाको अनुसन्धान तथा चोरीमा संलग्न अपराधीहरुको खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ