News Category 2081/01/25
बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
बौद्धिक अपाङगता अभिभावक संघ सप्तरीले आवश्यक बजेट बिनियोजन गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ ।
संघको मंगलबार राजविराजमा सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो । बैठकले बौद्धिक अपाङगता भएकाहरुको जिवन सहज, हकअधिकार, संरक्षण र सम्बद्र्धनका लागि जिल्लाका १८ वटै पालिकालाई समेत आगामी आर्थिक वर्ष २०८१÷८२ मा बजेट छुट्याउन ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको संघका अध्यक्ष जगदीश प्रसाद अर्यालले जानकारी दिए ।
बैठकले राजविराज ६ स्थित बहिरा बालक स्कुल परिसरमा अधुरो अवस्थामा रहेको दिवा तथा आवासीय विद्यालय भवन निर्माण कार्यलाई पूर्णता दिनका लागि मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
यस्तै बैठकले विद्यालय भर्ना भएका बौद्धिक अपाङगता भएका बालबालिकाको शिक्षा र तालिमका लागि संचालनमा ल्याइएको डे–केयर सेन्टरमा आवश्यक जनशक्तिका लागि शिक्षा मन्त्रालय अन्तरगतको विशेष शिक्षा समितिमा प्रस्तावना पेश गरि बजेट बिनियोजनका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव राधाकान्त झाले जानकारी दिए ।
सप्तरीमा करिब पाँच सयको हाराहारीमा बौद्धिक अपाङगता भएकाहरु रहेको संघले जनाएको छ । अपाङगता भएका व्यक्ति र तिनका अभिभावकहरुद्वारा संचालित संघलाई सबैले सहयोग गर्नुपर्ने बैठकपछि जारि प्रेस विज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ