News Category 2081/01/25
बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
बौद्धिक अपाङगता अभिभावक संघ सप्तरीले आवश्यक बजेट बिनियोजन गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ ।
संघको मंगलबार राजविराजमा सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो । बैठकले बौद्धिक अपाङगता भएकाहरुको जिवन सहज, हकअधिकार, संरक्षण र सम्बद्र्धनका लागि जिल्लाका १८ वटै पालिकालाई समेत आगामी आर्थिक वर्ष २०८१÷८२ मा बजेट छुट्याउन ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको संघका अध्यक्ष जगदीश प्रसाद अर्यालले जानकारी दिए ।
बैठकले राजविराज ६ स्थित बहिरा बालक स्कुल परिसरमा अधुरो अवस्थामा रहेको दिवा तथा आवासीय विद्यालय भवन निर्माण कार्यलाई पूर्णता दिनका लागि मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
यस्तै बैठकले विद्यालय भर्ना भएका बौद्धिक अपाङगता भएका बालबालिकाको शिक्षा र तालिमका लागि संचालनमा ल्याइएको डे–केयर सेन्टरमा आवश्यक जनशक्तिका लागि शिक्षा मन्त्रालय अन्तरगतको विशेष शिक्षा समितिमा प्रस्तावना पेश गरि बजेट बिनियोजनका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव राधाकान्त झाले जानकारी दिए ।
सप्तरीमा करिब पाँच सयको हाराहारीमा बौद्धिक अपाङगता भएकाहरु रहेको संघले जनाएको छ । अपाङगता भएका व्यक्ति र तिनका अभिभावकहरुद्वारा संचालित संघलाई सबैले सहयोग गर्नुपर्ने बैठकपछि जारि प्रेस विज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ