News Category 2081/01/26
नेपालको न्यायपालिका दक्षिण एशियामै अग्रस्थानमा ः न्यायधिश पोखरेल
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
सर्वोच्च अदालतका न्यायधिश सुनिल कुमार पोखरेलले नेपालको न्यायपालिका दक्षिण एशियामै अग्रस्थानमा रहेको बताएका छन् ।
७२औं कानुन दिवसको अवसरमा नेपाल बार एशेसिएशन उच्च अदालत राजविराज–जनकपुरले बुधबार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा काशीराज–गंगादेवी पुरस्कार बितरण समारोहमा उनले उक्त कुरा बताएका हुन् ।
सो अवसरमा उनले नेपालको न्यायपालिका दक्षिण एशियामै अग्रस्थानमा रहेकोमा गौरवको विषय रहेको भन्दै नयाँ र पुराना कानुन व्यवसायबीचको सन्तुलन कायम रहनु नेपालको न्याय प्रणालीको महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे ।
कतै न्याय नपाएपछि व्यक्ति न्यायालयको शरणमा जाने हो, उनले भने, “त्यसैले न्यायालय सबै प्रकारका दबाब, प्रभाव र अभावबाट मुक्त हुनुपर्दछ ।” न्याय सम्पादनका बेला न्यायधिशलाई कतैबाट प्रभव पार्नु हुन्न भन्ने मान्यता आफ्नो रहेको भन्दै उनले यही मान्यतालाई मातहातका सबै अधिकारीले बोकी हिड्दा न्यायालयप्रति जनताको विश्वास र न्यायालयको साख बढ्दै जाने बताए ।
उनले न्यायपालिका कमजोर र निमुखाका लागि रहेको भन्दै जिम्मेवारीका साथ न्याय सम्पादन गर्नु पर्ने बताए । उनले मुद्दाको जतिसक्दो छिटो फच्र्छौट गरेर न्यायालयको सुधारमा लागि रहेको बताउँदै न्याय सम्पादन कार्यमा खटिने सबै जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।
राजविराज उच्च बार इकाईका अध्यक्ष हरेराम यादवले वाणिज्य इजलास यहाँ नभएकोले सप्तरी र सिराहाका सेवाग्राही जनकपुर जानुपर्ने बाध्यता भएकोले वाणिज्य इजलास तत्काल गठन गर्न प्रमुख अतिथिसँग आग्रह गरे । अदालतका ४०÷४५ प्रतिशत कर्मचारी बाहिरै बस्ने हुनाले फैसलासहित अदालतको काम प्रभावित भएकाले तत्काल कर्मचारी अनुपस्थितिको समस्या अन्त्य गर्न सम्बन्धित निकायसँग माग गरे ।
नेपाल बार एशोसिएशन उच्च अदालत जनकपुर–राजविराजका अध्यक्ष हरेराम यादवको अध्यक्षतमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा न्यायधिश बासुदेव ज्ञवाली, नारायण प्रसाद सुवेदी, बिमल सुवेदी, दिपककुमार दाहाल, अर्जुन अधिकारी, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला बार एशोसिएशनका अध्यक्ष रामप्रसाद चौधरी, पूर्व अध्यक्षहरू श्यामनारायण साह, हेमनारनयण चौधरी, पुरस्कार स्थापना परिवारका सदस्य नुतन पोखरेल, वरिष्ठ कानुनी व्यवसायी हिम्मत सिंह समेतले बोल्दै न्यायालयमा सुधार तथा छिटो छरितो न्याय सम्पादनका लागि आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ