News Category 2081/01/28
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
मधेशको मसिहा भनेर सम्बोधन गरिने सम्मानित नाम हो, गजेन्द्र नारायण सिंह । मधेशी जनतालाई जनसंख्याको आधारमा राज्यको हरेक अंगमा सहभागिताबारे आवाज उठाउने उनी नेपाल सद्भावना परिषदलाई २०४७ सालमा नेपाल सद्भावना पार्टीको रुपमा स्थापना गरी मधेश आन्दोलनलाई अगाडी बढाएका थिए ।
उनकै बाटो अनुसरण गर्दै मधेशमा करिब एक दर्जनको हाराहारीमा राजनीतिक दलहरु उदाए तर, उनको नामबाट कुनैपनि नयाँ संरचना निर्माण गर्ने तर्फ कसैले ध्यान दिएनन् ।
सिंहको निधन भएको २२ वर्षपछि बल्ल सप्तरी सदरमुकाम राजविराजमा गजेन्द्रनारायण सिंहको संग्रहालय भवन निर्माण शुरु भएको छ ।
विगतलाई हेर्ने हो भने सप्तरीमा पुरानै संरचनाहरुलाई नयाँ नमांकरण गरी गजेन्द्रनाराण सिंहको नामसँग जोडिएको हो ।
राजविराज औद्योगिक क्षेत्र, सगरमाथा अंचल अस्पताल राजविराज र त्रिभुवन चौक जस्ता पुरानै संरचनाहरुको नाम परिवर्तन गरी गजेन्द्रनाराण सिंहको नामबाट नयाँ नामांकरण गरिएको थियो ।
यसरी पुरानै संरचनाहरुलाई प्रणेता सिंहको नामबाट नामांकरण गर्दा स्थानियहरु सन्तुष्ट थिएनन् । उनीहरु स्व. सिंहको नाउँमा नयाँ संरचना निर्माणका लागि विभिन्न मञ्चहरुमा चर्चा गर्दै आएका थिए । गजेन्द्रबाबुको नामबाट राजविराजमा संग्राहलयको स्थापनाले उनको जिवनको हरेक अध्यायबारे नयाँ पीढीलाई अध्ययन गर्न सजिलो हुने बताउँछन् नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह ।
यसअघि पुरानो संरचनामा स्व. सिंहको नाम जोडिने कामप्रति असन्तुष्टि जाउँदै आएका साहले राजविराजमा सिंहको नामबाट संग्रहालय निर्माण गरेर बल्ल उनलाई दिईनुपर्ने सम्मानको राज्यले निरन्तरता दिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ