News Category 2081/01/28
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. नेता गजेन्द्र नारायण सिंहको स्मृति एवं सम्झनामा राजविराजमा “गजेन्द्र स्मृती भवन तथा संग्रहालय” निर्माण हुने भएको छ ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. सीके राउतको विशेष पहलमा संघीय सरकारबाट ६० लाख २० हजार ६ सय ४७ (मुल्य अभिबृद्धि करसहित) को लागतमा सो भवन निर्माण हुन लागेको हो ।
यसैबीच सो भवन संरचनाको शुक्रबार एक कार्यक्रमबीच मधेश प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वशिक्षा मन्त्री महेश प्रसाद यादवले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमका क्रममा आयोजित भूमि पुजनमा प्रमुख अतिथि प्रदेश सांसद यादवका साथै अर्का प्रदेश सांसद सतिशकुमार सिंह, राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिन, वडा अध्यक्ष अरुण यादव पनि सरिक भए ।
राजविराज नगरपालिकाले गजेन्द्र नारायण सिंह स्मृति सामुदायिक भवन तथा संग्रहालय निर्माणका लागि वडा नं. २ मा प्रस्तावित राजविराज बस पार्क नजिकै ८ कठ १ धुर जग्गा उपलब्ध गराएपछि शहरी विकास मन्त्रालयको बजेटमा सो भवन निर्माण हुन लागेको हो ।
कृति बिल्डर्स राजविराजले २०८१ असार १४ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि भवन निर्माणको ठेक्का पाएको छ । निर्माण कम्पनीका प्रमुख अरबिन्द यादवले उक्त निर्माण कार्यको २०८१ बैशाख १६ गते शहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता भएको बताए ।
उक्त सम्झौता अनुसार नवनिर्मित भवनमा १÷१ वटा सभाहल, संग्रहालय र स्मृति भवन, दुई वटा कार्यालय कोठा, एक वटा सुरक्षा गार्ड बस्ने कोठा, भान्छाकोठा, शौचालय र बाथरुम लगायतको सुविधा रहने सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीका इन्जिनियर राजकुमार मिश्रले जानकारी दिए ।
प्रमुख अतिथि प्रदेशसभा सदस्य यादवले स्मृती भवनलाई विभिन्न सामाजिक कार्यका लागि प्रयोग गरिने तथा संग्रहालयमा स्व. गजेन्द्र नारायण सिंहको जीवन संग जोडिएका महत्वपूर्ण दस्तावेज, पुस्तक तथा अन्य सामग्रीहरु संग्रह गरी राखिने योजना रहेको बताए ।
अर्का प्रदेश सभा सदस्य सतिश कुमार सिंहले मधेशीका प्रणेता मानिएको स्व. सिंहको सम्झनामा र उनको योगदानलाई कदर गर्दै कालान्तरसम्म जिवित राख्ने उद्देश्यले आफ्नो पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको विशेष पहलमा यो कदम चालिएको उल्लेख गरे ।
शिलान्यास कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका सदस्य दिपेन्द्र चौधरी, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ, जनमत पार्टीका निर्वाचन क्षेत्र विकास समितिका सदस्य सुजित मंडल, जिल्ला इन्चार्ज रामगमन साह, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, पत्रकार महासंघ सप्तरी शाखाका कोषाध्यक्ष नवीनकुमार गुप्ता, सघन शहरी भवन निर्माण आयोजनाका इन्जिनियर सुतिक्षण यादव लगायतको उपस्थिति रहेको थियो ।
यसअघि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतले स्व. नेता गजेन्द्र नारायण सिंहको जन्मजयन्तीको अवसरमा राजविराजमा “गजेन्द्र स्मृती भवन तथा संग्रहालय” स्थापना हुने जानकारीसहित त्यसका लागि आफूले पहल गरेको बताए थिए ।
उनले राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिन र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरूङको पहलमा सो जग्गा उपलब्ध गराइएकोप्रति उनले दुबै जनालाई धन्यवाद समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ