News Category 2081/01/30
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमराका अग्निपीडित परिवारलाई स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले आईतबार संयुक्तरूपमा जस्तापाता बितरण गरेको छ ।
गत बैशाख ९ गते भएको आगलागीबाट १४ परिवारको घर पूर्ण रुपमा क्षति भएको थियो । आगलागी भएको तीन साता बित्दा समेत आगलागी पीडितहरु खुल्ला अकाशमुनी बस्न बाध्य छन् ।
आगलागी पीडितका लागि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले फन्डरेज गरेर पहिलो चरणमा करिब ३ लाख ३४ हजार बराबरको जस्तापाता, मेग्रा र काटी सहितका समान वितरण गरिएको छ ।
अग्निपीडित प्रति परिवार २ बण्डलका दरले रंगीन जस्तापाता बितरण गरेको मञ्चका कार्यक्रम संयोजक राजकुमार पासमानले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा कञ्चनरुप नगरपालिका ५ का अध्यक्ष कैलाश साह, वडा नं.९ का अध्यक्ष राम सुन्दर यादब, कञ्चनरुप व्यापार संघका सचिव शशी साह, स्टोरीज अफ नेपालका बिजय कुमार चौधरी र सुरेन्द्र रायको उपस्थिति रहेका थिए । त्यसैगरी दलित सरोकार मञ्चका मनिष कोइराला र अनुराधा दाहाल, स्थानीय नेताहरु चित्तरंजन यादव, कल्पना चौधरी, बिजय चौधरी, जिवछ सरदार, सुरेश सरदार र बाबुराम सरदार समेतको उपस्थितीमा पीडित परिवारलाई जस्तापाता वितरण गरिएको हो ।
दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासमानको अध्यक्षतामा तथा स्टोरी अफ नेपालका बिकास कुमार साहको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ