News Category 2081/01/30
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्डको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
शनिबार साँझ चितवनबाट पक्राउ गरि राजविराज ल्याइएका पूर्व सशस्त्र प्रहरी जवान समेत रहेका सप्तकोशी नगरपालिका ५ निवासी ३२ वर्षिय चन्द्र बहादुर सुवेदीलाई प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
डेढ वर्ष अघि सशस्त्र प्रहरी जवानबाट जागिर गुमाएका सुवेदीले आर्थिक संकट तथा ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको खुकुरी, बैंकको पर्खाल नाघ्न सिढिको रुपमा प्रयोग गरिएको फलामे पाइप, ताल्चा फुटाउन प्रयोग गरिने विभिन्न उपकरण, नकाव, लुगा, जुत्ता र झोला पनि बरामद गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका सुवेदीले बैंक लुटपाट गर्ने प्रयासमा सुरक्षागार्ड फुयालले अवरोध गर्न खोज्दा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् ।
फुयालको हत्या भएको दिन बैशाख २७ गते सुवेदी राती १२ बजेतिर फलामे सिढि, पाइप, खुकुरी, ताला फोड्ने उपकरण लगायतका सरसमान बोकेर बैंक पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । फलामे पाइप जोडेर सिढि बनाई पर्खाल नाघेर बैंक भित्र प्रवेश गरेपछि नकाब लगाएका उनको सुरक्षागार्डसँग घम्साघम्सी भएको बैंकको सिसि टिभि फुटेजमा पनि देखिएको भन्दै प्रहरीले सोही क्रममा सुवेदीले सुरक्षागार्ड फुयालको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।
सो घम्साघम्सी पश्चात् सुरक्षागार्ड फुयालको हत्या र त्यस पश्चात् लकर भएको कोठाको ताल्चा फुटाउन धेरै समय लाग्ने र बिहान हुन लागेको तथा कर्मचारीहरु आउन सक्ने अनुमान गर्दै सुवेदी त्यहाबाट भागेको प्रहरीको भनाई छ ।
प्रहरी उपरिक्षक बज्राचार्यले बैंकमा लगाइएको सिसि टिभि फुटेज, घटनास्थलमा तालिम प्राप्त कुकुरले दिएको संकेत तथा स्थानीयवासीको सहयोगले घटनाको दुई दिनमै दोषिलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका सुवेदीलाई आइतबारै सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ