News Category 2081/01/31
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले महदेवा गाउपालिका १ चिम्टीका अग्निपीडित परिवारलाई राहत स्वरुप नगद रकम सोमबार उपलब्ध गराएको छ ।
बैशाख १८ गते भएको भिषण आगलागीमा घरवारविहिन भएका ४६ परिवार मध्ये ५ जना परिवार संख्या भएकोलाई १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारजनलाई २० हजारका दरले नगद रकम उपलब्ध गराईएको हो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले महादेवा गाउपालिका अध्यक्ष सुनिल कुमार मण्डल र वडाध्यक्ष जयश्वर किशोर दासको रोहवरमा १९ अग्निपीडित परिवारलार्ई २० हजार र २७ परिवारलाई १५ हजारको दरले सात लाख ८५ हजार नगद प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सो अवसरमा नागरिकता, घर यकिन र मतदाता विवरण लगायतका कागजातहरु संकलनमा समय लागेकोले नगद राहत वितरणमा केहि ढिलाई भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
उनले ढिलो भएको देखिए पनि अग्निपीडितहरुले नगद राहत पाउँदा उनीहरुको तत्काल पुनस्र्थापना र व्यवस्थापनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धि वज्राचार्य, शसस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिंह र राष्ट्रिय अनुसंधान सप्तरी प्रमुख सुरेन्द्र कोइराला लगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ