News Category 2081/02/01
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
नेवि संघ सप्तरीले सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याई कानुनी कारवाही गर्न माग गरेको छ ।
नेवि संघका जिल्ला सभापति राकेश कुमार ठाकुरको नेतृत्वमा एक टोलीले मगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई सो मागसहितको ज्ञापन पत्र बुझाएको छ ।
बुझाइएको ज्ञापनपत्रमा सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन र सहकारीको समस्यालाई दिगो रुपमा समाधानको माग गरिएको छ । यस्तै सहकारी ठगिमा संलग्न संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छाबिन समिति गठन गर्नु पर्ने माग पनि गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई समेत बोधार्थ गरिएको उक्त ज्ञापनपत्रमा विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एवं संशोधन विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागु गर्न र उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिष्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिबृद्धि गरी देशको शैक्षिक तथा प्रज्ञिक क्षेत्रलाई अरु बढी गुणस्तरीय, मर्यादित, नियमन र व्यवस्थापन सम्बन्धि कार्यलाई सहजिकरण र व्यवस्थित गर्न विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ