News Category 2081/02/03
साइकलसहित युवक खोला किनारमा मृत फेला
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
साइकल लिएर घरबाट निस्केको एक युवक भोली पल्ट खोला किनारमा मृत अवस्थामा भेटिएका छन ।
राजविराज नगरपालिका वडा नं. १२ विषहरिया टोल निवासी १९ वर्षिय सुनिल यादव खाँडो खोला किनारमा मृत अवस्थामा भेटिएका हुन् ।
मंगलवार साँझ साइकल चढी घरबाट निस्केका सुनिल बुधवार दिउँसो राजविराज नगरपालिका १३ स्थित पिपराही र भेल्ही बीचको खाँडो खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चायका अनुसार युवक साईकलसहित घोप्टो परेको र नाकबाट रगत बगेको अवस्थामा फेला परेका छन् । उनको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।
स्थानीयले उनको कुटपीटबाट मृत्यु भएको आशंका ब्यक्त गरेपनि प्रहरीले पोस्टमार्टम रिर्पोट प्राप्त भएपछि मात्र हत्या भए÷नभएको बारे यकिनका साथ भन्न सकिने जनाएको छ । मृतकका आफन्त र स्थानीयले घटनाको सत्यतथ्य छानवीन हुनु पर्ने माग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ