News Category 2081/02/04
मनाइयो जानकी नवमी
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
जानकी नवमीको अवसरमा शुक्रबार सप्तरीका विभिन्न धार्मिक अनुष्ठानका साथै मैथिली साहित्य परिषद् तथा मैथिल महिला परिषद् सप्तरीद्वारा प्रभातफेरी र झाँकी कार्यक्रमको आयोजना गरिएको छ ।
स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणबाट प्रभातफेरी तथा आकर्षक झाँकी र बाजागाँजासहित निस्केको जुलुस नगर परिक्रममा पश्चात् जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
बैशाख शुक्ल नवमीका दिन महामाया महालक्ष्मी जगत जननी माता सीताको रुपमा मिथिलाको धर्तीबाट प्रकट भएको हुन् भन्ने पौराणिक धार्मिक मान्यता रही आएको छ ।
माता सीता प्रकट भएको बैशाख शुक्ल नवमीको तिथिलाई सीता नवमी र जानकी नवमी भनेर सम्बोधन गर्ने गरिएको मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झाको भनाई छ ।
प्रभातफेरी तथा झाँकी प्रदर्शन कार्यक्रममा सर्वसाधारण, मैथिली अभियानी, सुरक्षा निकायका प्रमुख तथा विभन्न संघ संस्थाका प्रतिनिधि उल्लेख्य रुपमा सहभागि भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ