News Category 2081/02/10
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
राष्ट्रिय मुक्ति क्रान्तिका अभियान्ताहरुले स्वदेशबाद् स्थापनाका लागि आन्दोलन आवश्यक रहेका बताएका छन् ।
बिहीबार राष्ट्रिय मुक्ति क्रान्तिको मधेश ब्युरो तथा जिल्ला कार्य समिति सप्तरीले संयुक्त रुपमा राजविराजमा आयोजना गरेको “बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति सम्वादात्मक” कार्यक्रममा अभियान्ताहरुले यस्तो बताएका छन् ।
कार्यक्रममा बोल्दै अभियन्ता केशव झाले लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विकास र समाजवादको बहस सम्भ्रान्तिय झुठ, फरेब र जनता झुक्याउने काम मात्र भएको भन्दै अब पूर्वीय सभ्यातामा आधारित स्वदेशीय दर्शनमार्फत स्वदेशवादको पुनःस्थापना जरुरी भएको बताए ।
“पश्चिमा ज्ञान सत्तामा आधारित विकासरुपी बायुपंखी घोडामाथी सवार हुँदै विश्वभरी शासकहरुले करोडौं मानिसको मात्र होइन् भाषा, मानवको पहिचान, जिवजन्तु, बनस्पति, सम्पदा, नदी, पोखरी, ताल, हिमाल, पहाड लगायतका सम्पदा समेत विनास गर्दै लगेका छन्” अभिायन्ता झाले भने त्यसैको फलस्वरुप आज पृथ्वी बचाऊ भन्ने नारा लगाउन विश्व नै बाध्य भएको छ ।”
अर्का अभियान्ता रामनरेश राय यादवले यस्तो विशाल ध्वंशकारी कार्यको नेपाली संस्करणको नेतृत्व राजामहाराजा र त्यसपश्चात् काँग्रेस र कम्युनिष्टले गरेको भन्दै उनीहरुकै कारण हाम्रो सभ्यता र संस्कृतिलाई असभ्य भन्न थालिएको बताए ।
अभियान्ता राजिव झाले विगतमा सत्ता सम्हाल्दै आएकाहरुले पश्चिमा÷विदेशमुखी बनाएर स्वदेशी बहुल ज्ञान–दर्शन, कला, साहित्य र बहुल समाज व्यवस्थालाई निषेध गराएको आरोप लगाउँदै अब स्वदेशीय दर्शन मार्फत स्वदेशवादको पुनःस्थापना गरेरै छाड्ने उद्घोष गरे ।
अभियन्ता अनिल महासेठले विभिन्न जाति समुदाय रहेको मुलुकमा दक्षिणपन्थी सोच राखेका शासकहरुले सबैको सभ्यता समाप्त पारेको भन्दै पुनःजागरणका लागि यो अभियानको थालनी भएको बताए । आफ्नो पहिचान र सभ्यतालाई जोगाउन आफै अग्रसर हुनुको विकल्प नभएको जिकिर गर्दै उनले यस अभियानमा आमजनसमुदायलाई सहभागि हुन आग्रह समेत गरे ।
राष्ट्रिय मुक्ति क्रान्तिका अभियन्ता दिपेन्द्र चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अभियान्ता कौशल सिंह, रामजी यादव, पूर्वमन्त्री उमेश प्रसाद यादव, संविधानसभा सदस्य महेश प्रसाद यादव, पत्रकार महासंघ सप्तरीका पूर्वसभापति विष्णु मण्डल, शिक्षाविद् डा. हेम मिश्रा, प्रो. रामनारायण यादव, नागरिक अगुवा बलराम यादव, कानुन व्यवसाय सन्तोष चौधरी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
समाजका अगुवा, बुद्धिजिवि, प्राध्यापक, अधिवक्ता, संचारकर्मी, इन्जिनयर, डाक्टर, शिक्षक लगायतका प्रबुद्ध वर्गसँग अन्तरक्रिया गरि आवश्यक सुझाव समेत संकलन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ