News Category 2081/02/11
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
सप्तरी जिल्लाका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो रोग बिरुद्धको औषधी खुवाउने तयारी गरिएको छ । सात वर्षअघि पोलियो बिरुद्धको औषधी दिन छुटेका करिब ३४ हजार ७ सय ११ बालबालिकालाई सो औषधी खुवाउने तयारी गरिएको जनाइएको छ ।
जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय सप्तरीले शुक्रबार संचारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सो जानकारी दिँदै बि.स. २०७३ बैशाख देखी २०७५ असोजसम्म जन्म लिएका करिब ३४ हजार ७ सय ११ बालबालिकालाई लक्षित गरि आइपिभी (पोलियो रोग बिरुद्धको औषधी) खुवाउने अभियान संचालन हुने जानकारी दिएको छ ।
२०७३ सालतिर पोलियो रोग बिरुद्धको औषधी अभाव भएकाले त्यतीखेर छुटेका बालबालिकालाई लक्षित गरि पोलियो रोग बिरुद्धको आइपीभी खोप अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख देवकान्त झाले बताए ।
उनका अनुसार जेठ १३ देखी जेठ २५ सम्म जिल्लाको ८ सय ४० खोप केन्द्र मार्फत पोलियो बिरुद्धको औषधी खुवाउने तयारी गरिएको हो ।
पहिलो चरण जेठ १३ देखी १७ सम्म राजविराज नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा संचालन हुनेछ ।
दोश्रो चरण जेठ २२ देखी जेठ २५सम्म सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाइन नगरपालिका, रुपनी गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बलानबिहुल गाउँपालिका र विष्णुपुर गाउँपालिकामा संचलन हुनेछ ।
अभियान सफल बनाउन तालिम प्राप्त ८ सय ४० स्वास्थ्यकर्मी तथा १ हजार ६ सय ८० स्वयमसेवक जिल्लाका खोप केन्द्रहरुमा परिचालित हुने उनले जानकारी दिए । विद्यालय, वडा कार्यालय, सामुदायिक भवन लगायत विभिन्न स्थानमा केन्द्र राखेर औषधी सेवन गराइने उनले बताए ।
२०७० चैत १३ मा नेपाललाई पोलियो रोग मुक्त घोषणा गरिएको थियो । तर, छिमेकी मुलुक पाकिस्तान र अफगानिस्थानमा अहिले पनि पोलियो रोग पूर्ण रुपमा उन्मूलन हुन सकेको छैन् । त्यस देशहरुमा नेपालीहरुको आवतजावत हुने गरेकाले रोग फैलिन नदिन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै पोलियो बिरुद्धको औषधी सेवन गराउने कार्यलाई निरन्तरता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख झाको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शम्भु यादव, विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा. नितेश मिश्र, गैसस महासंघका उपाध्यक्ष बलदेव मण्डल, गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. नागेन्द्र यादव तथा विभिन्न संचार माध्यमका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ