News Category 2081/02/12
महायज्ञमा १८ लाख बचत

राजविराज÷राजविराज ६ खर्साल टोलमा गत चैत १६ देखी २४ गतेसम्म सम्पन्न भएको विष्णु महायज्ञमा १८ लाख ५३ हजार ६ सय ८४ रुँपैया बचत भएको छ ।
महायज्ञ सम्पन्न भएको स्थलमा शनिबार महायज्ञ मूल समितिले आय–ब्यय विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
विष्णु महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ध्रुब देवद्वारा प्रस्तुत आय–ब्यय विवरणमा विभिन्न पालिका, संघसंस्था, उद्योगि, व्यवसायी, चन्दा, दान पेटिका, दान दक्षिणा, समाजसेवी दाता र महायज्ञ स्थल आसपास लगाइएको खेल तमाशाबाट गरि कुल ६८ लाख ९९ हजार २ सय ५० रुँपैया संकलन भएको उल्लेख छ । त्यसमध्ये ५० लाख ४५ हजार ५ सय ६ रुँपैया खर्च भई १८ लाख ५३ हजार ६ सय ८४ रुँपैया बचत भएको कोषाध्यक्ष देवले जानकारी दिए ।
विश्वशान्ति, हिन्दु धर्मको प्रचार प्रसार र मानव कल्याणको कामनाका साथ विष्णु महायज्ञ ९ दिन सम्म चलेको थियो । महायज्ञमा भारत र नेपालका साधुसन्तद्वारा प्रवचन, रासलिला, रामलिला लगायतका धार्मिक अनुष्ठान गरिएको थियो भने महायज्ञ अवधीभर मनोरन्जनका लागि रामझुल्ला, सर्कस, कुस्ति लगायतका खेल तमाशाको पनि आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनका अवसरमा महायज्ञ सफल बनाउन योगदान दिने संचारकर्मीदेखी विभिन्न संघसंस्था र व्यक्तिलाई महायज्ञ आयोजक समितिले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ