News Category 2081/02/13
छिन्नमस्तामा सामुदायिक भवन बन्ने
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सामुदायिक भवनको आइतबार शिलान्यास गरिएको छ ।
मधेश प्रदेश सरकारको सहयोगमा निर्माण हुने सामुदायिक भवनको मधेश प्रदेशका सांसद किरणकुमारी साहले आइतबार शिलान्यास गरे ।
ठूलो सभाकक्ष, वासकोठा, कार्यालय तथा भान्सा र शौचालय लगायतका संरचना निर्माण हुने निर्माण स्थल वडा नं. ३ का वडा अध्यक्ष बिजयकुमार यादवले बताए ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास भइरहेको पालिकामा सामुदायिक भवन निर्माणका लागि पहल गर्ने सांसद साह र सहयोग गर्ने मधेश प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याए ।
प्रदेश सांसद साहले आफ्नो क्षेत्र मात्र नभई समग्र जिल्लाको विकास चाहेको भन्दै आफ्नो बलबुताले भ्याएसम्म प्रदेश सरकारबाट सहयोग जुटाई विकास निर्माणलाई गतिदिने प्रतिबद्धता जनाइन् ।
प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर भन्दा सात सय मिटरको दुरीमा निर्माण हुन लागेको सामुदायिक भवनले स्थानीयवासीका साथै बाहिरबाट आउने दर्शनार्थीलाई पनि सहज हुने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ