News Category 2081/02/13
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई राहत स्वरुप पंखा प्रदान
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
नेपाली काँग्रेस सप्तरीले सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीका अग्निपीडितहरुलाई राहत स्वरुप सिलिङ पंखा प्रदान गरेको छ ।
काँग्रेसका युवा नेतृ निशु काफ्लेले राहत स्वरुप त्यहाँका ६६ अग्निपीडित परिवारजनलाई सिलिङ पंखा उपलब्ध गराएकी हुन् ।
नेतृ काफ्लेले प्रचण्ड गर्मीबाट जोगिन अग्निपीडित प्रत्येक परिवारलाई एक÷एक थान सिलिङ पंखा उपलब्ध गराईएको बताईन् ।
राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत कुमार मंडल, संगठन विभाग प्रमुख बद्री महात्मान, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, पुर्व अध्यक्ष ओमप्रकाश शाह, नेपाल विद्यार्थी संघ सप्तरीका सभापति राकेश ठाकुर र वडाध्यक्ष जयश्वर किशोर दास लगायतकाले राहत सामग्री वितरण गरेका थिए ।
गत बैशाख १८ गते सो स्थानमा भिषण आगलागी हुँदा ६६ परिवारका एक सय भन्दा बढी घर जलेर खरानी भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ