News Category 2081/02/15
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
अत्याधिक गर्मीले मधेशको जनजीवन कष्टपुर्ण बनेको छ । विगत एक सातादेखी बढेको अत्याधिक गर्मीले सप्तरीसहित अन्य जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
सदरमुकाम राजविराजको तापक्रम ३८–४० डिग्रीसम्म पुग्ने गरेको छ । बिहान ८ बजे ३२ डिग्री हुँदै दिउँसो ३ बजेसम्म ४० डिग्रीसम्म पुग्ने गरेको छ । जसकारण स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेको छ ।
अत्याधिक गर्मीले सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यामा कमी आएको छ । मानिसहरुको बढी भिडभाड हुने जिल्ला प्रशासन र मालपोत कार्यालयमा समेत सेवाग्राहीको संख्या घटेको छ । गर्मीका कारण लु लाग्ने अवस्था आएको छ । सडकमा दिउँसो मानिसहरुको चहलपहल निकै पातलिएको छ । अति आवश्यक काम बाहेक मानिसहरु घर बाहिर निस्कन छाडेका छन ।
गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ८ बजेदेखी नै चर्को घाम लागेपछि सामान किनमेल गर्ने आउने जसोतसो सामान खरीद गर्ने गरेका छन् । दिउँसो बजारमा मानिसहरुको चहलपहल अत्यन्त कम हुने गरेको छ ।
बिहानैदेखी तापक्रम बढ्दै जाँदा मानिसहरु चिसो पदार्थ सेवन गरिरहेका छन् भने आइसक्रिम, चिसो मिनरल वाटरको बिक्रि समेत बढेको छ । गाउँघरमा शरीरलाई चिसो पार्न स्थानीय पोखरी, नहर, नदीमा नुहाउने गर्छन् ।
यता अत्याधिक गर्मी बढे पछि जिल्लाका कतिपय विद्यालयहरुमा बिदा दिइएको छ भने कतिपय अझै संचालनमै छन् । केही विद्यालय अझै संचालनमा रहँदा स–साना बालबालिकाहरु अत्याधिक गर्मीमा पनि विद्यालय जान बाध्य छन् । कतिपय विद्यालयहरुको कक्षा कोठा टिनको छाना रहेकाले त्यहा पंखाको व्यवस्था नहुनु र भए पनि विद्युत आपूर्ती सहज ढंगले सुचारु नहुदा गर्मी मै पठनपाठन गर्न बालबालिकाहरु बाध्य छन् ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, डाइरियाका बिरामीहरु भर्ना रहेको छ ।
यस्तै गर्मीसँगै सर्पदंशको घट्ना अत्याधिक बढेको छ । दैनिक ५÷६ जना सर्प दंशबाट घाइते भएका विरामीहरु आउन थालेका छन उनले भने मंगलवार मात्रै सर्प दंशबाट घाइते भएका ५ जना उपचारका लागी अस्पताल भर्ना भएका छन ।
सात दिन यता ४ दर्जन भन्दा बढी सर्प दंशका विरामी उपचारका लागी आएको गजेन्द्र नारायण सिंह अस्पतालका अहेव जयकृष्ण गुरमैताले जानकारी दिए । सर्प दंशको घट्ना ह्वातै बढेपछि अस्पतालमा “एन्टी स्नेक भेनम” नामक औषधी प्रर्याप्त मात्रामा झिकाई स्टक गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
चिकित्सकहरुले गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढेपछि मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लागेर एकाएक मान्छेको ज्यान जाने सम्भावना समेत बढेकोले सतर्कता अपनाउन अनुरोध गरेका छन ।
गर्मीबाट बाँच्नका लागि प्रसस्त मात्रामा पानी पिउन, झोलपदार्थ बढि खान, घाममा ननिस्कन, सितलमा बस्न, थोरै खानुलगायतका घरेलु प्रविधि अपनाएमा जोगिन सक्ने चिकित्सकहरुको सुझाव छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ