News Category 2081/02/20
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न

दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको महादेवा गॉउपालिका १ चिम्टीका अग्निपीडित परिवारहरुको आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण गरिएको छ ।
राजविराजस्थित सबल नेपाल नामक गैससले युनिसेफ नेपालको सहयोग एवं छाया नेपालको सहकार्यमा आंशिक तथा पुर्णरुपमा क्षति भएको १५ वटा शौचालयहरुको मर्मत तथा पुर्ननिर्माण गरेको हो ।
सो बस्तीमा गत बैशाख १८ गते भिषण आगलागि हुँदा ६८ घरधुरी घरबारबिहीन भएका थिए । जिल्ला विपद् व्यवस्थान समिति, स्थानीय पालिका, वडा तथा गैससहरु सम्मिलित बैठकले शौचालय तथा खोनपानी पुर्ननिर्माणको कार्यमा सबल नेपालले सहयोग गर्ने सहमति भए अनुसार नै सो कार्य सम्पन्न गरिएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले जानकारी दिए ।
उनले आगलागिमा क्षति भएका सार्वजनिक शौचालयमा धारा, मोटर एवं हात धुने वेसिन जडान गरी संचालनमा ल्याईएको बताए । आगलागिमा जलेर नष्ट भएका शौचालयहरुको छाना, ढोका, प्यान तथा अन्य सामाग्रिहरु नयाँ लगाइएको तथा जलेका ट्युवेलहरुको पाइप तथा अन्य सामानहरु नयाँ लगाइ संचालनमा ल्याइएको उनले जानकारी दिए ।
सबलले नेपालका वास डिआरआर फोकल पर्सन परमेश्वर झाले शौचालयको सेफ्टी ट्यांकको सरसफाई तथा रिंङ भएका शौचालयहरुको रिङसमेत सफाई गरिएको तथा ७ वटा हातेकलको मर्मत तथा प्लेटफर्म निर्माण गरिनुका साथै एक वटा स्नान घर र एक÷एक वटा महिला पुरुषका लागी छुट्टाछुट्टै अस्थायी शौचालय समेत निर्माण गरिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ