News Category 2081/02/22
अख्तियारमा राजगढ गाउँपालिकाबाट १४ उजुरी
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरी जिल्लाबाट सबैभन्दा बढी उजुरी परेको छ ।
मंगलबार सप्तरीको राजगढ गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि सम्पन्न पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाको प्रहरी निरिक्षक सन्तोष कुमार रायले आर्थिक वर्ष ०७९÷०८० मा सप्तरीबाट ३ सय ५९ वटा उजुरी परेकोमा राजगढ गाउँपालिकाबाट १४ वटा उजुरी परेको जनाएका छन् । जसमध्ये ५ वटा फच्र्याेट भएको छ भने ९ वटा बाँकी रहेको उनको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाका डिएसपी खगेन्द्र बहादुर खडकाको अध्यक्षता तथा राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेणु कुमारी मण्डल, प्रमुख प्रशासकीय अधिकृत रमेश यादव, पालिकाका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको समेत सहभागीता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ