News Category 2081/02/22
एमाले निकट युवा संघका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सप्तरीका अध्यक्ष र उपाध्यक्षले राजीनामा दिएका छन् ।
युवा संघका अध्यक्ष चितरञ्जन यादवले मगलबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय समितीलाई राजीनामा पठाएका हुन् ।
यसअघि सोमबार मात्र जिल्ला उपाध्यक्ष रंजित भगतले पनि राजीनामा दिएका थिए । उनीसागै केही नेताले संघको नेतृत्व वर्गको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पदबाट राजीनामा दिएका हुन् ।
दुबै जनाले राजीनामा पछि जारी गरेको छुट्टाछुट्टै प्रेस विज्ञप्तीमा केही नेता र संघको केन्द्रिय नेतृत्वले कार्यकर्ताको उचित मुल्याङ्कन नगरेको र संघलाई स्वेच्छाचारी ढंगले चलाएको आरोप लगाएका छन् ।
लामो समयदेखि संगठन भित्र मौलाउँदै गएको स्वेच्छाचारीता, अराजकता र विकृती विरुद्ध पटक÷पटक आवाज उठाउँदा पनि कुनै सुनवाई नभएको र संगठनलाई नेताहरुले आफ्नो ब्यक्तिगत अभिष्ट पुरा गर्न पार्टी नेतृत्व संग बार्गेनिङ टुल्सका रुपमा मात्रै प्रयोग गर्ने थलो बनाएको उपाध्यक्ष भगत र अध्यक्ष यादवले पठाएको राजीनामा पत्रमा उल्लेख छ ।
नेकपा एमालेको जनवर्गिय संगठनको रुपमा रहेको राष्ट्रिय युवा संघका केन्द्रिय नेतृत्वकर्ताहरुले आम कार्यकर्ताको नेतृत्व क्षमतालाई बन्ध्याकरण गराउने काम गरेको तथा नातावाद र कृपावादलाई प्राथमिक्ता दिई संगठनलाई कमजोर पार्दै लगेको आरोप लगाउँदै राजीनामा पत्रमा आफुहरु यस्तो अवस्थामा काम गर्न नसकिने भएकाले राजीनामा दिन बाध्य भएको उल्लेख छ ।
उनीहरुले नेतृत्व पंक्तिको कार्यशैलीको विरोधमा संघको जिल्ला कार्य समितीका केही अन्य पदाधीकारीहरु समेत राजीनामा दिने तयारीमा रहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ