News Category 2081/02/24
बातावरण दिवसमा बृक्षारोपन
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
विश्व वातावरण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय सप्तरीद्वारा बृक्षारोपन तथा बोटविरुवा बितरण कार्यक्रमको आयोजना गरिएको छ ।
हाम्रो भूमि, हाम्रो भविष्य नाराका साथ बिहीबार बृक्षारोपन तथा बोटविरुवा बितरण कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्लाको तिरहुत गाउँपालिका लोहजरास्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल ठाकुर बाबा दहको डिलमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ । धुपी, सल्ला, मसाला, तेजपात, आँप, लिचि लगायतका दर्जनौं विरुवा रोपिएको डिभिजन वन अधिकृत शुभाषचन्द्र दासले जानकारी दिए ।
सोही अवसरमा विभिन्न स्थानीय निकाय, संघसंस्था र सरकारी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरमा बृक्षारोपनका लागि विभिन्न प्रजातीका ४ हजार बोट विरुवा उपलब्ध गराइएको छ ।
बृक्षारोपन तथा वितरण कार्यक्रममा वनका कर्मचारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । रेन्जर लक्ष्मण साफीका अनुसार जिल्लाको कंचनपुर, रुपनी, दौलतपुरमा रहेको वन नर्सरीबाट उक्त परिमाणको बोटविरुवा उपलब्ध गराइएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ