News Category 2081/02/24
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने जनमतको निर्णय
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनमत पार्टीको बिहीबार बसेको मधेस प्रदेश संसदीय दलको बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि मुख्यमन्त्रीका लागि जनमत पार्टीका प्रदेश सांसद एवं संसदीय दलका नेता महेश यादवको चर्चा थियो । मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिँदासम्म महेश यादवको चर्चा थियो ।
सरोज यादवले विश्वासको मत लिँदा बहुमत नपाएपछि प्रदेशसभामा सबैले महेश यादवलाई नै अगामी मुख्यमन्त्रीका लागि बधाई दिँदै थिए । तर बिहीबार संसदीय दलको बैठकले शतिश सिंहको बारेमा निर्णय गरेको छ ।
जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले भने, ‘महेशजीको नाम बाहिर चर्चामा थियो तर पार्टीको आधिकारिक निर्णय थिएन बिहीबार बसेको प्रदेशको संसदीय दलको बैठकले सतिश सिंहको बारेमा निर्णय गरेको हो ।’ यद्यपि उनले मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने अनिवार्य नरहेको बताए ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।
त्यसैगरी, जनमत पार्टीको संसदीय दलको बैठकले राज्यमन्त्रीमा रञ्जु मण्डल खँगलाई पठाउने निर्णय समेत गरेको छ । तर उनलाई कुन मन्त्रालयमा पठाउने टुगों लागेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ