News Category 2081/02/27
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
सप्तरीमा पाँच दिन अघि आएको भिषण हावाहुरीले जिल्लाको विद्युत क्षेत्रमा एक करोड भन्दा बढीको क्षति भएको जनाइएको छ ।
हावाहुरीका कारण जिल्लाको दर्जनौ स्थानमा विद्युत पोल ढलेर तथा मँहगो विद्युतीय उपकरणहरु पडकेर नष्ट भइ एक करोड भन्दा बढीको क्षति भएको विद्युत प्राधिकरण केन्द्र राजविराजले जनाएको छ ।
केन्द्रका प्रमुख राम लखन लालाले बुधवार दिउँसोको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा दर्जनौ विद्युतीय पोलहरु ढलेर क्षतिग्रस्त भएको जानकारी दिँदै कतिपय ठाउँमा ट्रान्सफरमर तथा अन्य उपकरण समेत नष्ट भएको बताए ।
उनले क्षतिको विवरण अझै संकलन गर्ने कार्य भइरहेको बताए । हावाहुरीले ठाउँ ठाउँमा विद्युतीय पोल ढलेको तथा कतिपय ठाँउमा भाँचेकोले विद्युत सूचारुमा समस्या भएको उनले बताए ।
हावाहुरीले प्रसारण लाईनमा खराबी आउँदा प्राधिकरणका कर्मचारी मर्मतका लागी दिनरात खटिरहेको तथा विद्युत समय समयमा अवरुद्ध हुनुमा मौसम नै मुख्य चुनौती रहेको बताउँदै उनले विजुली सूचारु गर्नका लागी प्राधिकरणका सबै जनशक्ती परिचालन गरिएको जनाए ।
उनले मर्मत कार्य आईतवार पनि जारी रहेको बताउँदै पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने बताए । लामो समय सम्म विद्युत अवरुद्ध हुदा यहाँका कतिपय उधोगमा समेत प्रत्यक्ष असर पुगेको छ । यस्तै भिषण गर्मीका बेला घण्टौ विद्युत अवरुद्ध हुँदा आमउपभोक्ता पनि सास्ती खेप्न बाध्य भएका छन् ।
हुरीले दर्जनौ घर, गोठ, विद्यालय, मठमन्दिर र विद्युतीय क्षेत्रमा क्षति पु¥याएको र क्षति विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यता भिषण हावाहुरीबाट पीडितहरुको संख्या बढदै गएको छ । बुधवार साँझ आएको हावाहुरीले कतिपय घर, कार्यालय, विद्यालय, मठमन्दिर, गोठ, विद्युतीय पोल लगायतमा क्षति पु¥याएको थियो ।
यसै क्रममा राजविराज ९ स्थित आधुनिक माछा, पशु, फलपृmुल तथा तरकारी उत्पादन कृषि फर्ममा हावाहुरीले लाखौको क्षति भएको भन्दै संचालकले सहयोगका लागी वडा कार्यालयमा आईतवार निवेदन दिएका छन् ।
संचालक सदरुल मियाँका अनुसार हावाहुरीले फर्मको छाना, ओभरट्याँक, अन्नवाली, बाख्रा खोर लगायत सरसमान नष्ट भएको छ । उनले फर्म परिसरमा रहेको विद्युतीय पोल र उपकरणहरु समेत नष्ट भई करिब ६ लाखको क्षति भएको बताए ।
वडा अध्यक्ष जवाहर यादवले पाँच दिन अघि आएको भिषण हावाहुरीको वितण्डाले सदरुल मियाँको घर र फर्म संगै वडाका अन्य केही घर र फर्ममा पनि लाखौको क्षति भएको बताउँदै उनले सबै पीडितलाई सहयोग गर्न आपूmले वडा कार्यालयबाट सम्बन्धित निकायमा सिफारिस सहितको पत्राचार गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ