News Category 2081/02/29
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो
दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
पुस्तौदेखि वसोवास गर्दै आएको जग्गा बलपूर्वक खाली गराई आफुहरुको उठिवास गराइएको एक भुमिहीन परिवारले गुनासो गरेका छन ।
मंगलवार राजविराजस्थित पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी तिलाठी कोइलाडी गाउँपालिका ४ निवासी ऐनेश्वर मण्डल र उनका परिवारजनले यस्तो गुनासो पोखेका हुन ।
विगत तीन पुस्ता देखी ७ धुर जग्गामा फुसको घर बनाई वसोवास गर्दै आएका आफुहरुलाई छिमेकी रमण कुमार सिहले बलजफती खाली गर्न लगाएको पत्रकार सम्मेलनमा पीडित परिवारका अभिभावक ७५ वर्षिय ऐेनेश्वर मण्डलले बताए ।
परिवारका सबै सदस्य सहित पत्रकार सम्मेलनमा उपस्थित भएका उनीहरुले घर खाली गराउने क्रममा गाली गलौज, दुव्र्यहार गर्नूका साथै घरको छाना तोडफोड तथा घर भित्र रहेका खाद्यान्न, भाडाकुडा र लत्ताकपडा सबै बाहिर फ्याकिदिएको गुनासो समेत गरेका छन् ।
मण्डलका छोरा, बुहारी, नाती, नातीनी गरी ११ जना छन । घर तोडफोड हुदाँ सबैको विचल्ली भएको उनले बताए । मण्डलका बुहारी सरोज देवीले आफूहरु वसोवास गर्दै आएको उक्त जग्गा २०२६ साल तिर तत्कालिन जमिन्दार चन्द्रीका सिहले आफुहरुलाई दिएको बताईन ।
पीडित मण्डल परिवारले गाउँमा वसेको पंचायतीमा रमण सिहले प्रति धुर २ लाखका दरले ७ धुरको १४ लाख रुपैया दिएमात्र सो जग्गामा वसोवास गर्न दिने शर्त राखेको बताएका छन् । आफुहरु त्यत्रो ठूलो रकम तिर्ने हैसितयतमा नरहेकाले विचल्लीमा परेको मण्डल परिवारको भनाई छ ।
मण्डल परिवारले चन्द्रिका सिंहको नाममा रहेको उक्त जग्गा जालझेल गरी सिंह परिवारले कब्जा गरेको गुनासो गर्दै यसको सत्यतथ्य छानवीन हुनु पर्ने माग गरेका छन ।
रमण सिहले भने २०२८ साल तिर उक्त जग्गा चन्द्रिका सिहले आमा श्यामसुन्दरी देवीलाई दिईसकेको दाबीका साथ सोही आधारमा कानूनी प्रक्रिया तहत खाली गराइएको बताएका छन् । उनले उक्त जग्गा आफुहरुकै रहेको र मण्डल परिवारले वर्षाैदेखि अनाधिकृत रुपमा कब्जा गरी बसेको आरोप लगाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ