News Category 2081/02/31
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
विद्यालयमा प्रदान गरिने दलित छात्रबृत्ति र छात्रवृत्ति अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवहास्थित मावि खोक्सरमा विद्यार्थीहरुलाई पोशाक बितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य कुन्दी यादवको अध्यक्षतामा आयोजित पोशाक बितरण कार्यक्रममा ३ सय २ विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक रिता कुमारी चौधरीका अनुसार विद्यार्थीहरुलाई प्रत्येक वर्ष बितरण गरिने विभिन्न छात्रवृत्तिको रकमलाई यस पटक पोशाक खरीद गरि बितरण गरिएको हो । उनले भनिन्, “रकम प्रदान गर्दा अभिभावकहरुले रकम अन्य शिर्षकमा खर्च गर्ने गरेको पाइएको छ, यसपटक सो रकमबाट विद्यालयले पोशाक बितरण गरेपछि अब विद्यार्थीहरु विद्यालय आउँदा एकै प्रकारको पोशाक लगाएर आउँने छन् ।”
शम्भुनाथ नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिता चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा नं. १ अध्यक्ष जिवछ साह, नगरपालिकाका योजना प्रमुख देवनारायण साह, व्यवस्थापन समितिका सदस्य रामचन्द्र साह, शिक्षक मनोज यादवलगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ